मोटरसाईकलको ठक्करबाट वृद्धाको मृत्यु

0
503

उदयपुर ।

उदयपुरको बेलका नगरपालिका ६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाईकलले ठक्कर दिँदा एक बृद्धाको मृत्यु भएको छ ।

स ७ प ८६९२ नम्बरको मोटरसाईकलको ठक्करबाट घाईते भएकि पैदल यात्री बेलका नगरपालिका– ३ कि ७६ बर्षीय राममाया आलेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाईकल र चालक त्रियुगा नगरपालिका–७ का २० बर्षीय बिष्णु भट्टराईलाई ईलाका प्रहरी कार्यालय रामपुर उदयपुरले नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here