होटल ब्यवसायी संघ झापाद्वारा दुईसय जनालाई सीप मुलक तालिम शुरु

0
550

बिर्तामोड ।

कोरोना कहरका कारण सबैभन्दा धेरै प्रभावित बनेको होटल क्षेत्रको विकास र ब्यवसाय प्रवर्दन गर्दै सीप मुलक तालिम प्रदान गर्ने उद्धेश्यले होटल ब्यवसायीसंघ झापाले दुई सय जनालाई होटल ब्यवसायसम्बन्धि तालिम शुरु गरेको छ ।

दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्र्तगत इन्सोर नाम गैर सरकारीसंस्थसंग सहकार्य गर्दै झापाका दुई सय जनालाई विभिन्न चरणमा तालिम प्रदान गरिने होटल ब्यवसायी संघ झापाकी अध्यक्ष इन्दीरा श्रेष्ठले बताइन् । होटलको गुणस्तर विकास गर्दै स्तरीय सेवा प्रदान गर्ने उद्धेश्यले कुक, बेटर, हस्पिटालिटी, होटल म्यानेजम्याट लगायतका कोषहरु सैद्धान्तिक र प्रयोगात्मक रुपमा प्रदान गरिने होटल ब्यवसायी संघका महासचिव शिव पौडेलले जानकारी दिए ।

कोरोनाका कारण लामो समय होटल ब्वयसाय बन्द भएको र विदेशबाट समेत धेरै युवाहरुले रोजगारी गुमाएर फर्किनु परेकाले इन्सोर नामसंस्थासंगको सहकार्यमा रोजगार मुलक तालिम प्रदान शुरु गरेको बताइएको छ ।

तालिम उद्धघाटन गर्दै बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले अब सीप विना कुनैपनि काम नपाइने भन्दै होटलमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले सीप मुलक तालिमको शुरु गरेको भन्दै होटल ब्यवसायीसंगको प्रशंसा गरे । उनले होटलमा काम गर्नु गलत सम्झनेहरु अब यो क्षेत्रको सीप र यसको क्षेत्रमा बुझन आवश्यक रहेको बताए । होटल ब्यवसायमा काम गर्नु सम्मानित पेशा भएकाले प्रशिक्षार्थीलाई तालिममा भरपुर ज्ञान लिन सुझाव दिए ।

होटल क्षेत्रमा दक्ष जनशक्ति भएमा यहाँ नै मनग्य आम्दानी गर्न सकिने र पर्यटकलाई आकषर्ण गर्न सकिने भएकाले तालिमको अवधिमा प्रयोगात्मक शिक्षा मार्फत धेरै ज्ञान आर्जन गर्न बिर्तामोड कार्यपालिका सदस्य भगिरथा आचार्य(भावना)ले बताइन् । उनले यो तालिमबाट झापाका होटलहरुलाई स्तरीकरण गर्न टेवा पुग्ने उल्लेख गरिन् ।

स्पीङ्गडेल कलेज फर हस्पिटालिटी मेनेजमेन्ट बिर्तामोडमा भएको कार्यक्रममा कार्यक्रम संयोजक रोहित ओझा, स्पीङ्गडेल कलेजका प्रवन्ध निर्देशक निरोज श्रेष्ठ, बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य सुरेन राजवंशी, होटल ब्यवसायी संघका सल्लाहकार छत्रबहादुर श्रेष्ठ, होटल ब्यवसायी संघ झापाका सचिव खेम ओली लगायतको सहभागिता रहेको थियो ।

होटल ब्यवसायी संघकी अध्यक्ष क्षेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव पौडेलले गरेका थिए । तालिम एक महिनासम्म सञ्चालन हुने जनाइएको छ । बिर्तामोड, धुलाबारी र कांकरभिट्टामा एक साथ तालिम शुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here