मेघाबारी टोल विकास संस्थाको अधिवेशन सम्पन्न

0
653

बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी टोल विकास संस्थाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले भक्ति पाठकको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समितिसमेत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सावित्रा मैनाली भेट्वाल, सचिव पुष्प खड्का, सहसचिव कृष्णकुमारी मिश्र अधिकारी, कोषाध्यक्ष दिनेश अधिकारी, सदस्यहरु भिमा शिवाकोटी, डिकबहादुर राजवंशी, शिव खनाल, शंकरमणी उप्रेती, तुलसी राजवंशी, लक्षीमा परियार, कृष्ण उप्रेती र सोहन राजवंशी रहेका छन् ।

कार्यक्रममा निवर्तमान सचिव सावित्रा मैनाली भेट्वालले विगतको कार्य समितिले गरेको कार्य पत्र प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै अतिथीहरु गोपाल प्रसाई, भोलानाथ गुरागाई, गीता पोखरेललगायतले टोलबासी एक जुट भए मात्र विकास सम्भव हुने बताएका थिए ।
आफ्नो टोलको विकासका लागि सबैले सक्दो सहयोग गर्नुपर्ने उनीहरुको धारणा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here