‘ढल्केला जोवन’ बोलको नयाँ तामाङ सेलो गीत सार्वजनिक

0
484

‘ढल्केला जोवन’ बोलको नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । गायक सन्दिपकुमार तामाङले आफ्नै युट्युव च्यानलमार्फत् नयाँ गीत सार्वजनिक गरेका हुन् ।

गीतमा सन्दिपलाई गायिका इन्दिरा गोले गुरुङले साथ दिएकी छिन् । गीत सन्दिपले आफैँ रचना गरेका हुन् । संगीत संयोजन चन्द्रकुमार दोङले गरेको यस गीतको म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ । म्युजिक भिडियोमा गायक सन्दिपसँगै अमिर दोङ, निशा तामाङ, स्याङ स्याङ्बो लगायतले अभिनय गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन भने प्रतिक ङेसुर तामाङले गरेका हुन् । गीत सार्वजनिक गर्नमा आफूलाई युके तामाङ सोसाइटीका अध्यक्ष स्याङ स्याङ्बो तामाङ (अनु लामा)को विषेश सहयोग रहेको गायक सन्दिपले बताए ।
गीत यस्तो छ :
कहाँ होला घर,
के होला थर,
ज्यान मैच्याङलाई नमस्कार
पूर्वैको हो कि पश्चिमको,
रै’छ नि ३२ लक्षणको

ओखलढुंगा घर भएका गायक सन्दिप विगत एक दशकदेखि युएईमा कार्यरत छन् । युएईमा रहँदा पनि उनी निरन्तर सांगीतिक कर्ममा सक्रिय छन् । हालसम्म उनले आफ्नै आवाजमा १० वटा गीत सार्वजनिक गरिसकेका छन् । सन् २०१४ मा उनले ‘तकदिर’ नामको एल्वम नै सार्वजनिक गरेका थिए । उक्त एल्वममा ६ वटा गीत समावेश छन् ।

यसपटक भने बिदा मनाउन नेपाल आएका बेला उनले ‘ढल्केला जोबन’ गीत सार्वजनिक गरेका हुन् । राजधानीका विभिन्न स्थानमा दुई दिन लगाएर गीतको छायांकन गरिएको उनले जानकारी दिए ।
गीतको लिङ्क :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here