इलामका सातवटा सहकारीलाई दुई करोड ४५ लाख ऋण प्रदान

0
353

इलाम,भदौ २२ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले इलामका सातवटा सहकारी संस्थालाई दुई करोड ४५ लाख ऋण प्रदान गरेको छ ।

ऋण पाउनेमा चार वटा चिया उत्पादक र तीन वटा बहुद्देश्यीय सहकारी संस्था रहेका छन् । सहकारी संस्थाबाट सहुलियतमा ऋण लिएर व्यापार व्यवसाय वृद्धी गरी purwanchalजीविकोपार्जनमा टेवा पुगोस् भन्ने उद्धेश्यले सहकारी संस्थालाई ऋण उपलब्ध गराइएको कोषका सदस्यसचिव हरि मैनालीले बताए ।

सहकारी संस्थाले कोषबाट सात प्रतिशतमा ऋण लिएर आफ्ना सदस्यलाई १२ प्रतिशतमा लगानी गरेका छन् । सातवटा सहकारी संस्थाले आफ्ना २२८ जना सदस्यलाई ३० हजारदेखि दुई लाख रुपैंयासम्म ऋण लगानी गरेका छन् । संस्थाबाट ऋण लिएर सदस्यहरुले गाईपालन, बङगुरपालन, तरकारीखेती, चिया प्रशोधन तथा कुखुरापालन व्यवसाय सञ्चालन गरेको ग्रिनहिल चिया उत्पादक सहकारी संस्था सांखेजुङका गोविन्दप्रसाद दाहालले बताए ।

कोषले जीतपुरको नवमी चिया उत्पादक सहकारी संस्थालाई २० लाख, फिक्कलस्थित पञ्चकन्या बहुद्धेश्यीय सहकारी संस्था र पुवामाई बहुद्धेश्यीय सहकारी संस्थालाई ५० लाखका दरले एक करोड, ग्रिनहिल चिया उत्पादक सहकारी संस्थालाई ४० लाख, उच्च पहाडी चिया उत्पादकलाई ३० लाख, जागृति बहुद्धेश्यीय सहकारीलाई २० लाख र हरियाली जैविक चिया उत्पादकलाई २१ लाख ऋण प्रदान गरेको हो ।

कोषले प्रदान गरेको ऋणको सदुपयोग भई संस्थाले सदस्यलाई लगानी गरेको सदस्यसचिव मैनालीले जानकारी दिए । तोकिएको समयमा ब्याज बुझाउने सहकारीलाई कोषले ब्याजमा ६० प्रतिशत अनुदान दिने घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here