बिर्तामोडमा बालाजी ज्वेलर्स

0
997

DSC_0356 copy

बिर्तामोड, १५ असोज । दशैं संगै गहनाका पारखीहरुको आवश्यकता र मागलाई ध्यानमा राखेर बिर्तामोडमा आधुनिक ज्वेलर्सले आफ्नो सेवा शुरु गरेको छ ।
बिर्तामोडको खड्का कम्प्लेक्स नजिकिदै ‘बालाजी ज्वेलर्स’ ले आधुनिक रुपमा ग्राहकका माग र आवश्यकता अनुसारको गहना सहज र शुलभ मूल्यमा उपलब्ध गराउन थालेको छ । युवा व्यवसायी एवम् सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति रोनक बंशलले सञ्चालनमा ल्याएको ‘बालाजी ज्वेलर्स’ को मंगलवार बैदिक विधिद्वारा पूजा आजापछि बंशलका हजुरबुबा ८० बर्षीय लक्ष्मीनारायण बंशलले औपचारिक उद्घाटन गरे ।
‘बालाजी ज्वेलर्स’मा सुन, चाँदी, पत्थर लगायतका गहना, आधुनिक डिजाइन र ग्राहकको अर्डर अनुसार दक्ष कालीगढबाट निर्माण गरिने सञ्चालक रोनकले जानकारी दिए । उनले भने– ‘बालाजी ज्वेलर्समा ग्यारेन्टीका साथ शुद्ध र नयाँ–नयाँ डिजाइनका गरगहना, विक्री तथा निर्माण गरिन्छ ।’ ‘बालाजी ज्वेलर्स’मा झापामा पाइने अन्य ज्वेलर्सको भन्दा बढी र आधुनिक डिजाइनका गहना उपलब्ध हुने बताइएको छ । काठमाडौंबाट झिकाइएका पाँच जना कालीगढले ‘बालाजी ज्वेलर्स’ मा गहना निर्माणको जिम्मेवारी पाएका छन् । ‘बालाजी ज्वेलर्स’मा केही समयपछि नै हिरा–मोतिका गहनासमेत उपलब्ध हुने बताइएको छ । कालीगढसहित ११ कर्मचारी रहेको ‘बालाजी ज्वेलर्स’मा सुरक्षा व्यवस्था समेत मजबुत पारिएको सञ्चालक रोनकले बताए । गहना गृहभित्र सुरक्षाका दृष्टिकोणले १६ वटा सीसी क्यामेरा जडान गरिएको र २४सै घण्टाकालागि सुरक्षा व्यवस्था मिलाइएको बताइएको छ । उद्घाटनको दिननै ‘बालाजी ज्वेलर्स’ले राम्रो व्यापार गरेको तथा उद्घाटन समारोहमा झापाका उद्योगी–व्यवसायी, सञ्चारकर्मी, सुरक्षा निकाय, अन्य सरकारी निकाय, सामाजिक व्यक्तित्वहरु तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको जनाइएको छ । अलैंची व्यवसायमा आवद्ध युवा रोनक त्यससँगै ज्वेलर्स व्यवसायमा छिरेका छन् । उनी मारवाडी युवा मञ्च बिर्तामोडका अध्यक्ष समेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here