राजमार्गको लक्ष्मीपुर सडक खण्डबाट घैलाडुब्बा,डाँगीवारी,चकचकी, राजगढ हुँदै घेरावारी जोड्ने यो पुल आफैं जोखिममा परेको छ । दक्षिणको घेरावारी स्थित पथरीया वजारबाट कालोपत्रे गरिएको सडकले उत्तरको चकचकी गाविससम्म छोएको छ । ट्रिपलआर एसडीपी परियोजनाको सहयोगमा कालोपत्रे सडक निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका वासिन्दालाई यातायात सहज भएको छ । दिनहुँ आधादर्जन वढी सार्वजनिक सवारीका साधनहरु यही पुल भएर गुड्ने गर्छन् । सडक पिच भएपनि अन्धुवा खोलामा वनिएको काठे पुलको अवस्था जिर्ण छ । यही पुल भएर स्थानीयवासीहरु सवारी साधानमा आवागमन गर्दछन् । जिर्ण पुलको कारण जोखिमपूर्ण यात्रा गर्न विवश स्थानीयवासीको पीडा कस्ले बुझ्ने हो ?