बिर्तामोड, असोज २२ । कोचिला प्रदेशको मागलाई उठाउदै आएको कोचिला संघर्ष समितिले आफना मागका बारेमा आज पनि विभिन्न दलका नेताको ध्यानाकर्षण गराएको छ ।
समितिले झापा, मोरङ र सुनसरीलाई कोचिला प्रदेश घोषणा गर्न माग गर्दै आज नेकपा माओवादीका अध्यक्ष मोहन वैध र आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाललाई ज्ञापनपत्र बुझाएको संयोजक त्रिनारायण राजवंशीले जानकारी दिनुभयो ।
यसअघि समितिले हिजो संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई, एकीकृत माहोवादी अध्यक्ष पुष्पकमल दाहाल, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो लगायतलाई ज्ञापनपत्र बुझाएको थियो ।
कोचिलाको मागलाई लिएर संघर्ष समितिका संयोजक राजवंशीको नेतृत्वमा एक टोली राजधानी गएको छ ।