मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

0
2

झापा, झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटनामा परेर सशस्त्र प्रहरी बलका एक सहायक हवल्दारको मृत्यु भएको छ।

मेचीनगर नगरपालिका–२ स्थित दुर्गा मन्दिर नजिक मदन भण्डारी राजमार्ग सडकखण्डमा मंगलबार बेलुका करिब ५:३० बजे तिरिङखोलाबाट बाहुनडाँगीतर्फ जाँदै गरेको मे ७ प ९६५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पाँचथरको फिदिम नगरपालिका–१२ घर भई हाल मेचीनगर–२ बाहुनडाँगीस्थित बीओपीमा कार्यरत ३५ वर्षीय सहायक हवल्दार सचिन तामाङ गम्भीर घाइते भएका थिए। उनको नाक तथा शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा सोही दिन साँझ करिब ६:४५ बजे मृत्यु भएको हो।

मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका–१ घर भई सोही बीओपीमा कार्यरत ४० वर्षीय हवल्दार डिल्लिराम सुबेदी सामान्य घाइते भएका छन्।

दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी पोस्ट भृकुटीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here