झापा, झापाको बिर्तामोड–४ आनन्दगंजस्थित दुई उद्योगमा आगलागी हुँदा करोडौं रुपैयाँ बराबरको क्षति भएको छ।
आज बिहान करिब ४ः१५ बजे भक्तिप्रसाद उप्रेतीले सञ्चालन गरेको ‘झापाली चिफ्स फ्याक्ट्री’ र चन्द्रप्रसाद खरेलको ‘सौगात काष्ठ फर्निचर’मा एकैसाथ आगलागी भएको हो।
आगलागीबाट दुवै उद्योगका कच्चा पदार्थ, तयारी सामग्री तथा मेसिनरी जलेर नष्ट हुँदा प्रारम्भिक अनुमानअनुसार करोडको हाराहारीमा क्षति भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोड, सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेको टोली, बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल तथा स्थानीयको सहयोगमा आगो केहीबेरअघि नियन्त्रणमा लिइएको छ।
आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।































