इलाम–झापा मैत्री समाजमा सुवेदी र गिरी मनोनित

0
2

झापा।

इलाम–झापा मैत्री समाजको कार्यसमितिले पूर्णता पाएको छ।

समाजका अध्यक्ष तिलोतमा खत्रीको अध्यक्षतामा बसेको दोस्रो बैठकले दुई जना नयाँ सदस्यहरू मनोनित गरेसँगै समितिले पूर्णता पाएको हो ।

बैठकले रिक्त रहेको सदस्य पदमा किरण प्रसाद सुवेदी र ढुण्डी राज गिरीलाई मनोनित गर्ने निर्णय गरेको छ। मनोनित सदस्यहरूलाई कार्यसमितिमा स्वागत गर्दै अध्यक्ष खत्रीले समाजको उद्देश्य प्राप्तिका लागि सबै सदस्यहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो।

नयाँ कार्यसमिति गठन भएपछि पहिलो चरणको कार्यक्रम अन्तर्गत हालै समाजले मन्दिर सरसफाइ लगायतका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ। कार्यसमितिले पूर्णता पाएसँगै अब समाजका आगामी योजना र सामाजिक गतिविधिहरूलाई थप तीव्रताका साथ अगाडि बढाइने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here