समाजसेवी राम लोचन न्यौपानेको निधन

0
3

झापा । बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा समाजसेवी राम लोचन न्यौपानेको ८० वर्षको उमेरमा निधन भएको छ।

न्यौपाने वि.सं. २०५१ देखि २०५४ सम्म बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्ष रहेका थिए। त्यस्तै, सन् १९८७ मा बिर्तामोड जेसीजको अध्यक्षका रूपमा समेत उनले नेतृत्व गरेका थिए।

उनको अन्तिम संस्कार भोलि बिहान १० बजे कनकाई घाट माई नदीमा गरिने पारिवारिक स्रोतले जनाएको छ।

न्यौपानेका दुई जना छोरा शुभलोचन न्यौपाने र इन्द्र लोचन न्यौपाने रहेका छन् भने एक छोरी शारदा न्यौपाने रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here