मलामी बोकेको ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु

0
1

झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्र्याक्टरबाट खसेर एक सहचालकको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दुर्गापुरबाट माइखोलातर्फ १५ जना मलामी बोकेर जाँदै गरेको को २ त ४७४७ नम्बरको ट्र्याक्टरबाट खसेर कन्काई नगरपालिका–१ निवासी २५ वर्षीय विनोद दनुवार गम्भीर घाइते भएका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार दिउँसो करिब २ बजे ट्र्याक्टरको डल्लामा सवार दनुवार लडेर घाइते भएका हुन्। घाइते दनुवारलाई उपचारका लागि कनकाई नगर अस्पताल, सुरुङ्गामा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बीएन्डसी अस्पताल, बिर्तामोड पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि ट्र्याक्टर चालक कन्काई नगरपालिका–१ निवासी ३० वर्षीय राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here