उदार भएर चुनाव लड्न खनालको आग्रह

0
452

विमल दहाल, माई ।

पुर्ब प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धन दलका नेता कार्यकर्ताहरुलाई उदार भएर चुनाव लड्न आग्रह गर्नुभएको छ ।

आफ्नो निर्बाचन क्षेत्र इलाम क्षेत्र नम्बर १ को माई नगरपालिकामा कार्यकर्ता भेलामा प्रशिक्षण दिर्दै खनालले संबिधान, लोकतन्त्र र सुशासन बिराधी तथा अस्थिरता पक्षलाई हराउन गठबन्धनमा एकिकृत पार्टी समेत उदार हुने धारणा राख्नुभयो । नेता खनालले एमालेलाई संकेत गदै भष्ट, अवसरवादी र गुटमा रुमलिएको समुहमा आफु बस्न नसकेको भन्दैै इलाम जिल्ला लाल किल्ला बनाउन सबै कम्यिुनिष्ट कार्यकर्ताहरु एकिकृत समाजवादीमा आवद्ध हुन आग्रह गर्नुभयो ।

खनालले एमालेबाट निर्बाचित माई नगरपालिका लगायत इलामका स्थानीय तहका जनप्रतिनिधि र अन्य नेता कार्यकर्ताहरु एमालेमै रही गलत बाटो समाई रहेको टिप्पणी गर्नुभयो । खनालले एमालेमा रही बाटो भुलेको नेता कार्यकर्तालाई गल्ती महशुष गरी एकिकृत समाजवादीमा आउन आग्रह गर्नुभयो । वहाँले गलत बाटो भुलेर आफ्नो पार्टीमा आए माफी दिदै पार्टीको जिम्मेवारी दिने भनाई राख्नुभएको थियो ।

सय हाराहारीमा सहभागी रहेको कार्यक्रममा स्थानीय तह निर्बाचन लगतै माईवासीलाई धनीपुर्जा समेत बितरण गरिने धारणा राखिएको थियो । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी एकिकृत समाजवादीमा १२ जना प्रवेश गरेका छन भने सञ्चालकले प्रवेश गर्नेको संख्या १ सय ६ जना रहेको बताएका थिए । खनाल मंगलवारबाटै माई नगरपालिकामा कार्यकर्ता संगको भेटघाटमा रहेका थिए । बिगतमा झै कार्यकर्ताको बाक्लो उपस्थिति नरहे पछी खनाल निरास झै देखिएका थिए ।

विशेष अतिथि प्रदेश नम्बर १ पर्यटन मन्त्री खीनु लङवा, संविधान सभा सदस्य सूर्य बाला राई, ईलाम एसका अध्यक्ष भक्त केसी लगायतले मन्तब्य राखेका थिए । एकिकृत समाजवादी माईका अध्यक्ष अनिल तामाङको अध्यक्षता र सुक बहादुर राईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here