शरणागति दर्पण : विहङ्म दर्शन

१० बैशाख २०७९, शनिबार मा प्रकाशित

पूर्वीय आस्तिक दर्शन अनुसार आत्मा र शरीरको सम्बन्ध बन्धन मानिन्छ । कर्मका कारण आत्मा र शरीरको सम्बन्ध हुन्छ । यो सम्बन्ध अज्ञानका कारण हुन्छ । अथवा अज्ञानबाट कर्म र कर्मबाट शरीर बन्छ । आत्मा एक चैतन्य स्वरूप हुन्छ र यो स्वाभाविक धर्म हो । रामानुज मतानुसार आत्मालाई विभू व्यापक नमानेर अणु वा जीव मानिन्छ । अणु रूप आत्मा र शरीरको सम्बन्ध हुन्छ र इन्द्रियसँग पनि आत्माको सम्बन्ध हुन्छ ।

यसकारण सानो दियोले पुरै कोठा उज्यालो पारे जस्तै अणु रूप आत्माको चैतन्य स्वभावले सम्पूर्ण शरीरलाई चेतन बनाउँछ । अविद्या वा अज्ञानका कारण इन्द्रिय तथा शरीर चैतन्यवत् हुन्छ । अज्ञानका कारणले आत्माको शुद्ध चैतन्य स्वभावलाई बिर्सिन्छ र अनात्म शरीरलाई नै मूल हो भन्ने सम्झिन्छ । वास्तवमा शरीर, अहङ्कारादि अनात्म तŒव हुन् । अणु रूप आत्माको प्रकाशले प्रकाशमान हुनाले र अज्ञानका कारण नै शरीरमा आत्माको सम्बन्धको भाव उत्पन्न हुन्छ । यही अज्ञान नै बन्धनको कारण हुन्छ । अज्ञानका कारण अनात्ममा आत्मभाव उत्पन्न हुन्छ ।

शरीरादिसँग आत्माको सम्बन्ध हुनाले शरीरद्वारा कर्म हुँदै जान्छ र पुनर्जन्म भइरहन्छ । यसरी जन्म मृत्युको चक्र अनवरत चलिरहन्छ । यसक्रमको सर्वथा समाप्त हुनु नै मोक्ष हो । अथवा कर्मबाट बन्धन र बन्धनबाट जन्म मरण चल्छ । त्यसलाई बोध गरेर शरणागति हुनु मोक्ष हो भनिन्छ । रामानुज दर्शनमा मोक्षका अभावात्मक र भावात्मक दुई स्वरूप मानिन्छन् भनिएको पाइन्छ । जन्म–मरणको अभाव स्वरूप मुक्ति अभावात्मक मोक्ष हो । आत्माको शरीरसँग सम्बन्ध त अज्ञानबाट गरिने कर्मको कारण हुन्छ । जब कर्म फल विनाश हुन्छ, आत्माको शरीरद्वारा गरिएका कर्मको कर्ता र भोक्ता बन्नु, समाप्त प्रायः हो । जन्म मरणको नाश, अज्ञानको विनाश भएको मुक्ति अभावात्मक मुक्ति हो । रामानुज मतमा अभावात्मक र भावात्मक दुबै मुक्ति स्विकारिएको छ । यस अनुसार भावात्मक मुक्ति भन्नाले मुक्त जीव शुद्ध तŒवद्वारा निर्मित हुन्छ । यो आनन्दमय शरीर हो । यस शरीरबाट मुक्त जीव विष्णुलोकमा निवास गर्छ । त्यहाँ उसलाई ईश्वरको साक्षात्कार हुन्छ । खास गरी यही नै वैष्णव मार्ग हो भनिएको छ ।

सान्निध्य मुक्ति, सालोक्य मुक्ति, सायुज्य मुक्ति र सारूप्य मुक्ति भावात्मक मुक्ति हुन् । रामानुज मतानुसार मुक्ति जन्म मरणको विनाश, परमानन्द र ईश्वर साक्षत्कार पनि हो । यही नै शरणागति वा प्रपत्तिको प्राप्ति हो । सायद यही विशिष्टाद्वैतको आशय हुनुपर्छ । यस किसिमको मुक्ति प्राप्तिका निमित्त गरिने साधना, पञ्चसंस्कारबाट सु–संस्कृत भई अनन्य भक्तिमा लाग्नका लागि गरिने सम्पूर्ण कार्यको जानकारी दिइएको हुनाले नै प्रस्तुत ग्रन्थको शरणागति–दर्पण नामकरण गरिएको देखिन्छ ।

लेखकको अति संक्षिप्त परिचय

माधवी श्रीनिवास रामानुजदासी तथा जगन्नाथ श्रीनिवास रामानुजदासका पुत्ररत्नका रूपमा विं. सं. २००० बैशाख १० गते भोजपुरको तिवारी भन्ज्याङमा शरणागति–दर्पण पुस्तकका लेखक श्री रामप्रसाद पोखरेलको जन्म भएको हो । गोरखपुर भारतबाट योगप्रशिक्षकको शिक्षा तथा धर्मशास्त्रको स्वाध्ययनबाट ज्ञान हासिल गर्नुभएका रामप्रसाद पोखरेलको शरणागतिबाट प्राप्त नाम नारायण प्रपन्न रहेको छ । उहाँ हाल आरोग्य योग तथा प्राकृतिक चिकित्सा केन्द्र बिर्तामोड– २ चारपाने झापामा बसोबास गर्नुहुन्छ । उहाँले आफ्नी दिवंगता पत्नीको स्मृतिमा कमला शोककाव्य तथा प्रस्तुत शरणागति–दर्पण पुस्तक लेखेर प्रकाशन गर्नुभएको छ । उहाँका श्रीभाष्यकार रामानुजाचार्य जीवन चरित्र र आत्मकथा गरी दुईवटा पुस्तकहरू प्रकाशोन्मुख रहेको कुरा उल्लेख गरिएको छ । उहाँले विभिन्न धार्मिक तथा सामाजिक संघ–संस्थामा संलग्न रही सेवा गर्नुभएको छ भने आर्थिक सहयोग पनि गर्नुभएको बुझिन्छ । त्यसैगरी उहाँले प्रशस्त सम्मान एवम् पुरस्कार पनि प्राप्त गर्नुभएको छ ।

शरणागति–दर्पण पुस्तक–परिचय
पूर्व भाग

रामप्रसाद÷नारायण प्रपन्न पोखरेलद्वारा लिखित र संकलित यस शरणागति–दर्पण (२०७८) नामक कृतिलाई आवरण पृष्ठमै दिव्य उपदेश एवम् प्रमाणयुक्त अपूर्व ग्रन्थ भनिएको छ र यो यस पुस्तकको मुख्य परिचय हो । यसमा क्रमशः शेषशायी विष्णु, श्रीलक्ष्मीनारायण र रामानुज सम्प्रदायका आचार्य परम्पराको तस्वीर राखिएका छन् । त्यसपछि रामानुज स्वामीदेखि लिएर लेखकका गुरुहरूका तस्वीरहरू, लेखकका दीक्षा गुरु र लेखकको तस्वीर राखिएको छ । यो पुस्तक लेखकका मातापिता, सासू–ससुरा, पितृकुल, मातृकुलका पितृहरू, दिवंगत गुरुहरू, लक्ष्मीनारायणका चरण आदिमा समर्पण गरिएको छ । त्यसपछि लेखककी दिवंगता पत्नीमा श्लोकबद्ध समर्पण भाव व्यक्त छ ।

तदुपरान्त यस ग्रन्थका सम्पादक रामानुज नेपाल (विराटनगर) को सम्पादकीय, प्रकाशक राधेश्याम–उर्मिला पोखरेल र उत्सव पोखरेलद्वारा प्रकाशकीय प्रस्तुत गरिएको छ । त्यसपछि देवराज आचार्य (धनगढी), केशवाचार्य (माईधार), वासुदेवाचार्य (चारआली), स्वामी खगेन्द्राचार्य (बुधबारे), स्वामी श्रीपद्मनाभाचार्य (नारायणगढ), धर्मगुरु व्यासाचार्य किशोर गौतम, गोविन्दाचार्य (माईधार), परशुराम खनाल (बिर्तामोड), लक्ष्मण ढकाल (बिर्तामोड), इन्द्रप्रसाद कटुवाल (बिर्तामोड), फणीन्द्रराज न्यौपाने (बिर्तामोड) आदिबाट शुभसम्मतिहरू प्रस्तुत गरिएका छन् । तत्पश्चात कोमलप्रसाद पोखरेल (सुरुङ्गा)द्वारा पुस्तकको सारस्वरूप भूमिका प्रस्तुत छ । त्यसपछि लेखक तथा संकलद्वारा पुस्तकको सारस्वरूप आफ्नो भनाइ प्रस्तुत गरिएको छ ।

मूल भाग

यस पुस्तकको मूल भागमा ३८२ पृष्ठ तथा ६ खण्डहरू रहेका छन् ।
प्रथम खण्डको प्रातःस्मरणीय शीर्षक दिइएको छ । यसमा सूर्योदयभन्दा दुई घन्टाअघि उठेर गर्नुपर्ने र सम्झनुपर्ने लक्ष्मीनाराणको ध्यान, करदर्शन, भूमिस्पर्श, अर्चिरादि श्लोक, गुरु परम्परा, नारायण वन्दना, रामचन्द्र वन्दना, गजेन्द्रमोक्ष स्तुति, श्री हयग्रीव वन्दना, श्रीराम स्तुति, यात्रा गर्ने बेलाको प्रार्थना, श्री महालक्ष्मी वन्दना, पञ्चायुधस्तोत्रम्, श्री हर्यष्टकस्तुति, श्री कृष्णाष्टकस्तुति, सत्संगति, अर्थ पञ्चक ज्ञान, हारितस्मृति, सनातन धर्म, श्रीवरवरमुनि ध्यान, श्रीरामानुजाचार्य स्वामीको ध्यान, वैकुण्ठ प्राप्तिको अभिलाषा, प्रातर्निवेदन कारिका, साŒिवकी धृति, मंगल स्तुति, साŒिवक त्याग आदि विषय प्रस्तुत छन् ।

द्वितीय खण्डको जीवन सार शीर्षक दिइएको छ । यसमा चतुर्दश रत्न भनेर १४ सर्गमा विविध वर्णमात्रिक छन्दमा लेखकका स्वरचित पद्यहरूको काव्यात्मक प्रस्तुति छ । ६५ पृष्ठको यस खण्डमा जीवनका सारगर्भित भनाइहरू रहेका छन् । यस खण्डका बारेमा कोमलप्रसाद पोखरेलद्वारा यस ग्रन्थको भूमिकामा निम्नलिखित पक्ष वा विशेषता अघि सारिएका छन् ः

अध्यात्मवादी चेतनाको अभिव्यक्ति

यो दोस्रो खण्ड र सम्पूर्ण ग्रन्थकै महŒवपूर्ण विशेषता हो । यस ग्रन्थमा आत्मा र परमात्माप्रति आस्था र विश्वास व्यक्त गरिएको छ भने सोही सम्बन्धी चिन्तन तथा साधनाको चर्चा रहेको छ ।
परम्पराको अनुकरण
यसमा नाराणबाट शिव, शिवबाट ब्रह्मा, ब्रह्माबाट नारद हुँदै वैष्णव परम्परा आएको र त्यसलाई अनुशरण गनुपर्ने लेखकको दृढता प्रस्तुत छ । गुरूपरम्परा, वैदिक परम्परा, छन्द परम्परा आदि पारम्पराको अनुशरण गर्नुपर्ने कविको विचार व्यक्त भएको पाइन्छ ।
सम्प्रदाय–प्रेम
भगवान् विष्णु र उहाँको स्वरूपलाई आराध्य मान्ने वैष्ण सम्प्रदाय अन्तर्गत श्रीवैष्णव वा रामानुज सम्प्रदायप्रति लेखकको अनन्य प्रेम र भरोसा रहेको कुरा दोस्रो खण्ड र यस पुस्तकको नै मूल भाव रहेको छ । त्यसै गरी विष्णुदीक्षा, शरणागति वा प्रपत्ति, पञ्चसस्कार आदि सम्बन्धमा चर्चा गरिएको छ ।
धर्म र संस्कृतिप्रति आस्था
दोस्रो खण्ड मात्र होइन समग्र ग्रन्थमा नै धर्म र संस्कृतिप्रति अटुट आस्था प्रकट भएको पाइन्छ ।
आदर्शवादी चेतना
दोस्रो खण्ड र यस ग्रन्थमा नै धार्मिक तथा नैतिक आदर्शको सन्देश दिइएको छ । मनुष्यले विशेषतः वैष्णव संस्कारद्वारा सु–संस्कृत भएर आस्तिक आदर्शमय जीवन बिताउनुपर्ने र निःस्वार्थ तथा इमानदार भएर सेवा एवम् परोपकारमा आपूmलाई संलग्न गराई परमात्मामा अनन्य भक्ति गर्नुपर्ने आदर्श उपदेश नै यस ग्रन्थको मूल सन्देश रहेको छ ।

भक्ति रसात्मक चेतना
भगवान्प्रति निःस्वार्थ र अनन्य प्रेम भक्ति हो भने त्यसमा लेखकको जोड रहेको कुरा यस ग्रन्थमा यत्रतत्र पाइन्छ ।
यसरी हेर्दा समग्रमा द्वितीय खण्ड यस ग्रन्थका ग्रन्थकार र ग्रन्थको सार रूपमा प्रस्तुत भएको देखिन्छ । अरु खण्डमा यसको पुष्टिका लागि विभिन्न श्रुति, स्मृति, पुराण आदिका प्रमाणहरू प्रस्तुत गरिएका छन् ।
तृतीय खण्डको पञ्चसंस्कारको उपादेयता शीर्षक रहेको छ । यस खण्डमा सम्बन्धित पुराण र अन्य ग्रन्थहरूबाट प्रमाण दिएर पञ्चसंस्कारको आवश्यकता र औचित्यलाई पुष्टि गर्ने प्रयास गरिएको छ । वेदज्ञ, विष्णुभक्त, मन्त्रज्ञ, ब्रह्मज्ञ गुरुबाट दीक्षित हुनुपर्ने बताइएको छ । अवैष्णवत्वको निषेध गर्दै वैष्णव हुनु अनिवार्यता देखाएर वैष्णव हुनका लागि आवश्यक पर्ने पञ्चसंस्कारको महिमासहित यहाँ वर्णन गरिएको छ ।

यस खण्डमा पवित्र भएर योग्य गुरुद्वारा ताप, पुण्डू, नाम, मन्त्र र याग यी पञ्च संस्कारयुक्त वैष्णव दीक्षा नलिई गरिएका सम्पूर्ण नित्य नैमित्तिक कर्महरू, पूजा–आराधना, पितृश्राद्ध, पारमार्थिक उद्देश्यका ध्यान, साधनाहरू निष्फल हुने कुरा बताइएको छ । गृहस्थले सपरिवार पञ्चसंस्कार गर्नुपर्ने र पालित पशु तथा प्रयोग गर्ने उपकरण वा सामग्रीहरूलाई समेत शंखचक्रांकित गर्नुपर्ने एवम् विष्णु सम्बन्धी नाम राख्नुपर्र्नेसम्मका कुरा सप्रमाण प्रस्तुत गरिएको छ । जस्तै ः

पशुपुत्रादिकं सर्वं गृहोपकरणानि च ।
अङ्कयेच्छंखचक््रmाभ्यां नाम कुर्याच्च वैष्णवम् । पृ.९३।

यस खण्डमा रामानुज दर्शनका रूपमा स्थापित विशिष्टाद्वैतका सम्बन्धमा ‘चित् अर्थात् जीव समुदाय, अचित् अर्थात् प्रकृति सहित ब्रह्म’लाई मान्ने सिद्धान्तका रूपमा उल्लेख गरिएको छ । त्यसैगरी यस खण्डमा श्रीवैष्णव सम्प्रदायका विशेषताहरू प्रस्तुत गरिएका छन् ।

चतुर्थ खण्ड ः पद्मपुराण उत्तर खण्ड अध्याय २२३–२३६ यस खण्डमा पद्म पुराण उत्तर खण्डका २२३ देखि २३६ अध्यायमा वर्णित विशेषगरी श्रीवैष्णव सम्प्रदायको संस्कार, त्यसको महŒव, आवश्यकता, अनिवार्यता आदिका सम्बन्धमा संवादात्मक प्रस्तुति रहेको छ । यसमा वशिष्ठ–दिलीप संवाद, शिव–पार्वती संवाद र ती संवादभित्र पनि ब्रह्मा, श्रीभगवान्, नारद आदिका वचन भनेर उल्लेख गरिएको छ । चतुर्थ खण्डका सम्बन्धमा यस ग्रन्थको भूमिकामा कोमलप्रसाद पोखरेलको भनाइ यस्तो रहेको छ ः

पद्मपुराण उत्तर खण्डका उपर्युल्लिखित अध्यायहरूमा रहेका शिव–पार्वती संवादलाई प्रमाणका रूपमा लिई वैष्णव धर्मसँग सम्बन्धित यावत् कुराहरूको निक्र्यौल गर्ने काम गरिएको छ । वैष्णव सम्प्रदायबारे पार्वतीका यावत् जिज्ञासा र शिवद्वारा तिनको समाधान गरिएको यस खण्डलाई प्रस्तुत शरणागति–दर्पण नामक ग्रन्थको मुटुका रूपमा लिन सकिन्छ । यस खण्डमा १६७ पृष्ठ रहेका छन् र अन्य खण्डभन्दा यो ठुलो र महŒवपूर्ण पनि छ । वैष्णव धर्मसम्बन्धी जिज्ञासु र साधकहरूका लागि अत्यन्त उपयोगी भएकाले यो लेखकको प्रशंसनीय कार्य हो ।
पञ्चम खण्ड ः तप्त चक््रmाङ्कन प्रमाण–श्रुति–स्मृति

यस खण्डमा श्रुति÷वेद, स्मृति, महाभारत, पद्म पुराण, भविष्य पुराण, लिङ्ग, मत्स्य, आदि अन्य पुराणबाट प्रमाण लिएर तप्त चक्राङ्कनको अनिवार्यता देखाइएको छ ।
षष्ठ खण्ड ः सङ्कलकको नम्र निवेदन
यस खण्डमा पुस्तकका सम्बन्धमा लेखकको भनाइ यस्तो रहेको छ ः
शरणागति–दर्पण नामक लघु ग्रन्थ श्रीसम्प्रदाय र त्यसको शास्त्रीय आधारलाई दिग्दर्शन गर्न समर्थ छ । आफ्ना जीवनमा बाल्यकालबाट आजका दिनसम्म अनुभव गरेका धेरै विषयहरूलाई संग्रह गरेर यहाँहरू समक्ष समर्पण गरेको छु । यसमा कुनै आग्रह दुराग्रह राखिएको छैन । नीरक्षीरविवेकी महानुभावहरूले यसको रसास्वादन गरेर जीवन सफल बनाउनुहुनेछ भन्ने आशा गरेको छु । छन्द र शब्दलाई भन्दा भावलाई बुझिदिनुहोला भन्ने प्रार्थना… गर्दछु ।
यस खण्डमा प्रस्तुत पद्यमा आफ्नो बाल्यकालदेखिको सत्सङ्गत, जिज्ञासा, संस्कार, दीक्षा हुँदै आपूmले पञ्चसंस्कार प्राप्त गरेको आदिको विवरण दिइएको छ । लेखकको विचारमा भगवान्को अनुकम्पा र आफ्नो भाग्यले गर्दा यस्तो संगत, ज्ञान र संस्कार पाएर आपूm धन्य बनेको भाव व्यक्त गरिएको छ । त्यसपछि आपूmले सौभाग्यले पाएको यो ज्ञान अरु सबैमा वितरण गरेर अरुको पनि आफ्नै जस्तो भलो गर्ने उद्देश्यले यो ग्रन्थ तयार गरिएको लेखकको विचार यस खण्डमा प्रस्तुत भएको पाइन्छ ।
यस ग्रन्थको मूल भागको अन्त्यमा सन्दर्भ–ग्रन्थसूची राखिएको छ ।

उत्तर भाग

यस ग्रन्थको उत्तर भागमा परिशिष्टका रूपमा लेखकको जीवनवृत्त दिइएको छ ।
समग्रमा प्रस्तुत पुस्तक पूर्व भाग, मूल भाग र उत्तर भाग तथा मूल भागमा पनि शीर्षकसहितका छ खण्ड र त्यसभित्र पनि आवश्यकतानुसार शीर्षक, उपशीर्षक एवम् उपोपशीर्षक समेत गरेर व्यवस्थित प्रबन्धविधानका साथ तयार पारिएको छ । त्यसै गरी दिइएका उद्धरणका सन्दर्भस्रोत खुलाइएको छ । त्यसैले यो लेखकद्वारा सुझबुझसहित खोज अनुसन्धान गरेर योजनाबद्ध ढङ्गले तयार पारिएको प्रबन्धात्मक ग्रन्थ हो । तर, यस पुस्तकमा कतिपय सामग्रीको धेरै ठाउँमा आवृत्ति भएको छ । यस आवृत्तिले लेखकको विचार पुष्टि गर्नमा र ग्रन्थविस्तारमा पनि बल पु¥याएको छ । यस्तो प्रबन्धविधान गरिएको ग्रन्थमा प्रसङ्गानुसार दोहोरिने सामग्रीलाई पूर्वोल्लिखित शीर्षक भनेर सङ्केत गर्दा ग्रन्थ छरितो हुने र पुनरुक्तिबाट बच्न सकिन्छ । यहाँ विभिन्न प्रसङ्गमा प्रमाण देखाउन धेरै उद्धरणहरू दोहिएको हुँदा यसमा लेखकद्वारा वैष्णव सिद्धान्त र आफ्नो वैचारिक पक्षलाई बढी दृढता दिनका लागि सचेततापूर्वक नै यसो गरिएको हो कि ! भन्ने चाहिँ बुझिन्छ ।

यस पुस्तकमा जुटाइएका प्रमाणस्वरूप भनाइमा विधायक पक्ष धेरै सकारात्मक र राम्रा छन् । जस्तै ः
ये केचिद्यत्र पुरुषाः विष्णुचक््रmाङ्कमुद्रिताः ।
तेषां दर्शनमात्रं तु महापातकनाशनम् ।। (पृ.३४२)
इत्यादि अरु पनि प्रशस्त पठनीय, मननीय तथा ग्रहणीय सारगर्भित भनाइ वा उद्धरण अथवा सूक्तिहरू रहेका छन् ।
उक्त किसिमका विधि पक्षलाई पुष्टि गर्नका लागि पद्मपुराण र पराशरस्मृति आदिका बढी तीव्र निषेधात्मक उदाहरणहरू पनि दिइएका पाइन्छन् । त्यस्ता उदाहरण दिने क््रmममा केही पक्षप्रति अति तिरस्कारयुक्त उद्धरण रहेका छन् । त्यस्ता भनाइले भेदभाव जगाउने पो हो कि ? जस्तो लाग्छ । यसै पुस्तकमा परमात्मा नारायणले सृष्टि रच्नुभयो भन्ने मान्यता अघि सारिएको छ । सबै प्राणीहरू नारायणद्वारा सृजित हुन् भनेर मान्दा मान्दै पनि केहीप्रति अलि बढी तिरस्कार गरिएको महसुस हुन्छ । जस्तै ः
यच्छरीरं मनुष्याणामूध्र्वपुण्डूविवर्जितम् ।
द्रष्टव्यं नैव तत्किञ्चिच्छ्मशानसदृशं भवेत् ।।
(२५÷१२ पद्मपुराण उत्तर खण्ड)
अच्छिद्रमूध्र्वपुण्डून्तु ये कुर्वन्ति द्विजाधमाः ।
तेषां ललाटे सततं शुनः पादो न संशयः ।।
(२५÷२६ पद्मपुराण उत्तर खण्ड)
अचक््रmधारिणं विप्रं यश्श्राद्धे भोजयेन्नरः ।
रेतोमूत्रपुरीषादि स पितृभ्यः प्रयच्छति ।।
(पृ.३२९, पराशरस्मृति)

यी निषेधात्मक भनाइ यस पुस्तकका लेखकका त होइनन् । तर, प्रमाणका लागि यहाँ उदृत गरिएकाले प्रसङ्गात् यस्तो महशुस भएको कुरा मात्र हो ।

यो पुस्तक खोजमूलक ग्रन्थका रूपमा प्रस्तुत छ । लेखकले जीवन कालमा जुन कुरामा आस्था, विश्वास र भरोसा गरेर अवलम्बन गर्नुभयो र साधना गरेर उपलब्धि हासिल पनि गर्नुभयो अनि त्यस सम्बन्धी अनुसन्धान गर्ने जमर्को गर्नुभएको छ र आपूmले प्राप्त गरेको ज्ञान, आफ्नो भरोसा र विश्वासलाई अरुसामु पु¥याउने काम गर्नुभएको छ । यो वास्तवमा अत्यन्त स्तुत्य कार्य हो र ज्ञानीजनको प्रेरक कर्तव्य पनि हो । यसबाट लेखकको निष्ठा र परोपकारी आकाङ्क्षा स्पष्ट हुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here