बिर्तामोडमा धर्मसभा

0
562

बिर्तामोड।

बिर्तामोडमा श्रीगोबर्धनमठ पुरीपिठाधिश्वर शंकराचार्य स्वामी निश्चलानन्द सरस्वती महाराजको स्वागतसहित धर्मसभा सम्पन्न भएको छ ।

सभामा प्रमुख जिल्ला अधिकारी छवि रिजाल, व्यासाचार्य किशोरकुमार गौतम, स्वागत समितिका संयोजक वेदप्रकाश अग्रवाल, सहसंयोजक हनुमान मित्तल, पार्वता खरेल विमली तथा उपस्थित भक्तजनले जगदगुरु स्वामी शंकराचार्यको स्वागत गरेका थिए । साथै समितिको तर्फबाट अभिनन्दपत्र हस्तान्तरण गरिएको थियो ।

श्रीशंकराचार्य स्वागत समारोह आयोजक मूल समितिद्वारा आयोजित सभामा धार्मिक प्रवचनसँगै धर्मगुरु शंकराचार्यले उपस्थित भक्तहरुको आध्यात्मिक जिज्ञासाहरुको जवाफ दिएका थिए । सनातन हिन्दू धर्मको महत्व र यसका अनुयायीहरुले खेल्नुपर्ने भूमिकाबारे प्रवचन तथा आर्शिवचन प्रदान गरिएको सभामा रुद्राक्षको मालासहित प्रसाद समेत वितरण गरिएको थियो ।

दुई सयभन्दा बढी कृतिका लेखक, साहित्यकार, विचारक समेत रहेका जगदगुरु श्री शंकराचार्य स्वामीको बिर्तामोड आगमन भएको हो । नेपालका विभिन्न भागको भ्रमणपछि भारत फर्कनु अघि बिर्तामोडमा धर्म सभा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here