वागी उम्मेद्वारलाई मतदान नगर्न माओवादी केन्द्रको निर्देशन

0
643

झापा।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापाले गठबन्धनमा आवद्ध उम्मेद्वारलाई मात्रै मतदान गर्न निर्देशन दिएको छ ।

स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनमा देशव्यापी चुनावी तालमेल गर्ने शैदान्तिक सहमति अनसार झापामा पनि गठवन्धनले चुनावी तालमेल गरेको भन्दै गठवन्धन वाहेकका अन्य उम्मेद्वारलाई मतदान नगर्न माओवादी केन्द्रले निर्देशन दिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्य अग्नि र सचिव मोहन टुडु सरोजले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै गठवन्धन दलको कार्यदल र जिल्ला संयन्त्रमा भद्र सहमति भए अनुसार गठबन्धनका उम्मेद्वारलाई मात्रै भोट हाल निर्देशन दिएको हो ।

माओवादी केन्द्रले कुनै पनि कुनै पनि वागी उम्मेद्वार विद्रोहीको पक्षमा नलाग्न नेता कार्यकर्तालाई कडा निर्देशन दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here