झापा ।

हल्दिवारी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई एक कार्यक्रमबीच निर्वाचन आयोगले प्रमाणपत्र वितरण गरेको छ ।
निर्वाचन आयोग हल्दिवारीका प्रमुख नारद प्रसाद भट्टराईले नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष लगायत २७ जना जनप्रतिनिधिहरूलाई माला अबिर लगाउँदै प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । निर्वाचनमा विजयी हासिल गरेका जनप्रतिनिधिहरूलाई निर्वाचित भएको प्रमाण प्रदान गरिएको हो ।
उक्त अवसरमा निर्वाचन आयोग प्रमुख भट्टराई ,नवनिर्वाचित गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन, नेकपा एमाले हल्दिवारी गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटा , नेपाली काङ्ग्रेस सभापति गङ्गा प्रसाद प्रसाईँ, हल्दिवारी माओवादी केन्द्र इन्चार्ज राजेन्द्र योङहाङ, माले हल्दिवारीका नेता सागर सिवाकोटी, स्वतन्त्र उपाध्यक्ष उम्मेदवार लखन हेमरम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यही बैशाख ३० गते सम्पन्न निर्वाचनबाट २७ जना जनप्रतिनिधिहरू निर्वाचित भएका छन् भने सोमबार उनीहरूको शपथ ग्रहण कार्यक्रम हुने आयोग जनाएको छ । हल्दिबारीमा राप्रपाले बहुमत ल्याएको छ । राप्रपाले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, दुई वडा अध्यक्षसहित सदस्यहरू जितेको छ ।































