यी हुन् उम्मेदवारी दोहो¥याउँदा पराजित भएका पालिका अध्यक्ष, उपप्रमुख र उपाध्यक्ष: उपप्रमुखबाट प्रमुख र उपाध्यक्षबाट अध्यक्षमा उठेका तीन जना पराजित

0
516

झापा ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कचनकवल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पद राष्ट्रिय प्रजातन्त्र पार्टीले हात पा¥यो । अध्यक्ष पदमा अञ्जरा आलम र उपाध्यक्ष पदमा निमसरी राजवंशी निर्बाचित भए ।

नेपाली कांग्रेसका शीर्ष नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र झापा ३ अन्तरगत पर्ने यो पालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष र उपाध्यक्ष पद नै जितेपछि जिल्लाका शीर्ष नेताको ध्यान कचनकवल गाउँपालिकाले खिच्यो नै त्यसको प्रभाव केन्द्रीय तहसम्म पनि पुग्यो ।

२०७४ साल मंसीरमा भएको संघीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन गर्दै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै राजेन्द्र लिङ्देन संघीय सांसदमा निर्वाचित भए ।

लिङ्देन संघीय संसदमा निर्वाचित हुनु, गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेतृत्व आउनुले पनि कचनकवल गाउँपालिकालाई राप्रपाको पकड क्षेत्र मानिँदै गयो ।

यसैलाई आधार मान्दै अध्यक्षमा आलम र उपाध्यक्षमा राजवंशीले पुनः वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएर चुनावी प्रतिष्पर्धामा उत्रिए । तर, नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले यो पालिकामा छुट्टै गठबन्धन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वारलाई पराजित गरे ।
गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी अध्यक्षमा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट नवराज भट्टराई उपाध्यक्षमा निर्वाचित भए ।

यता बाह्रदशी गाउँपालिकामा अध्यक्ष पदका लागि खड्गप्रसाद राजवंशीले उम्मेदवारी दिएका थिए । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष बनेका राजवंशीले यो पटक पनि अध्यक्ष पदकै लागि उम्मेदवारी दिएका थिए । तर, उनी यस पटक नेकपा (एमाले)का उम्मेद्वारसंग पराजित भए । यो पालिकामा राजवंशीलाई पराजित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट देवेन्द्र चम्लागाँई निर्वाचित भए ।

नेपाली कांग्रेसको पकड क्षेत्र मानिने यो पालिका समेत सिटौलाकै निर्वाचन क्षेत्र हो । अघिल्लो निर्वाचनमा यो पालिकामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका राजवंशीले नेकपा (एमाले) का उम्मेदवार लक्ष्मण पाठकलाई पराजित गरेका थिए ।

कचनकवल र बाह्रदशी गाउँपालिकामा मात्रै होइन सोही पद दोहो¥याउँदा कनकाई नगरपालिकामा उपप्रमुख पदकी उम्मेदवार मञ्जु दाहाल प्रसाई समेत यसपटकको निर्वाचनमा पराजित भइन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट २०७४ सालको निर्वाचनमा कनकाई नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित उनी यस पटक नेपाली कांग्रेसकी उम्मेदवार आशा शर्मा शिवाकोटीसँग पराजित भइन् ।

यसअघि पालिकाको उपप्रमुख र उपाध्यक्षमा निर्वाचित भएकामध्ये माथिल्लो पदमा उम्मेदवारी दिने एमालेका तीन जना उम्मेदवार पराजित भएका छन् । दमकमा नगरपालिकाकी उपप्रमुख यो निर्वाचनमा प्रमुख पदमा मैदानमा उत्रिएकी थिइन् । उनी राप्रपासहितका गठबन्धनका उम्मेदवार राम थापासँग पराजित भइन् । त्यस्तै बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भूर्तेल अध्यक्ष पदमा चुनावी मैदानमा थिइन् । उनी कांग्रेसका मनोज प्रसाईंसँग पराजित भइन् ।

त्यस्तै हल्दिवारीमा यसअघि उपाध्यक्षमा निर्वाचित डम्बर गिरी योपटक एमालेबाट अध्यक्षको उम्मेदवारी दिएर मैदानमा थिए । उनी राप्रपाका रवीन्द्र लिङ्देनसँग पराजित भए । पालिका प्रमुखको दावी गर्दै दोहो¥याउने मध्ये गौरीगञ्ज गाउँपालिका निवासी बावुराजा श्रेष्ठको अन्तिम नतिजा आउन बाँकी नै छ । उनी अघिल्लो निर्वाचनमा राप्रपाका तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यस्तै गौरादह नगरपालिकामा प्रमुख पद दोहो¥याउने रोहितकुमार साहको समेत अन्तिम नतिजा आएको छैन । उनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका छन् ।

यता वडाध्यक्ष दोहो¥याउन खोज्ने मध्ये धेरैले यसपटकको निर्वाचनमा हार व्यहोरेका छन् । बाह्रदशी गाउँपालिकामा मात्रै चार जना वडाध्यक्षले हार व्यहोरेका छन् भने दोहो¥याउने मध्ये दुई वडाध्यक्षले जित हासिल गरेका छन् ।

बाह्रदशी–१मा नेकपा (एमाले)का तर्फबाट वडा दोहो¥याउने शम्भूसिंह राजवंशी, २ मा यादव मिश्र, ३मा वीरेन्द्रप्रसाद राजवंशी र ४मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी केन्द्र) का उम्मेदवार समिम मियाँ पराजित भए ।

वडा दोहो¥याउने मध्ये बाह्रदशी गाउँपालिका–६मा रत्नप्रकाश योङ्हाङ्ग र ७मा मित्रराज भट्टराई निर्वाचित भए । योङ्हाङ्ग नेकपा (एमाले) र भट्टराई नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा पुनः दोहोरिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here