नवनिर्वाचित वडाध्यक्ष बुढाथोकीलाई इक्यान झापाको सम्मान

0
756

बिर्तामोड ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले बिर्तामोड–३ का नवनिर्वाचित अध्यक्ष मदन बुढाथोकीलाई बधाई तथा शुभकामना दिएको छ । बिर्तामोडमा आइतबार भएको कार्यक्रमका बीच बुढाथोकीलाई सम्मान गरिएको हो ।

इक्यान झापाका अध्यक्ष मिलन ओलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघका केन्द्रिय सल्लाहकार खड्ग ताम्लिङ लिम्बूले पार्टीभन्दा माथि उठेर जनताको शासक होइन सेवक बनेर काम गर्न सुझाव दिए । उनले युवाहरुसंग नागरिकले धेरै आशा राखेको भन्दै त्यस्ता आशा र अपेक्षा पुरा गर्न नवनिर्वाचित अध्यक्ष बुढाथोकी सक्षम रहेको विश्वास ब्यक्त गरे ।

इक्यान झापाका निर्वतमान अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलले भष्ट्रचारलाई शून्यमा पु¥याउदै नागरिकको काममा अघि बढ्न सुझाव दिए । उनले शैक्षिक परामर्श संघका उपाध्यक्ष समेत रहेका बुढाथोकी बिर्तामोड–३ का नागरिकका आशा र भरोसाको केन्द्र बनेकाले जनभावना अनुसार काम गर्न सुझाए ।

कार्यक्रममा शैक्षिक परामर्श ब्यवसायी विशाल सिटौलाले नवनिर्वाचित अध्यक्ष बुढाथोकीले जनभावना अनुसार काम गर्नेमा आफुहरु विश्वस्त रहेको धारणा ब्यक्त गरे । उनले शैक्षिक परामर्शको क्षेत्रमा पनि केही कार्यक्रमहरु ल्याउन आग्रह गरे ।

इक्यान झापाका प्रेस सल्लाहकार नरेन्द्र ढकालले नवनिर्वाचित अध्यक्ष बुढाथोकी सामु अवसर र चुनौति दुबै रहेकाले त्यसलाई सफलताका साथ सम्पन्न गर्नेमा आफु विश्वस्त रहेको बताए । इक्यान झापाको उपाध्यक्ष समेत रहेका बुढथोकीलाई दलगत रुपमा निर्वाचन जिते पनि अब सबैको साझा ब्यक्ति भएकाले कुनै पनि दलगत स्वार्थ नराख्न सुझाव दिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बुढाथोकीले आफु इक्यानबाट कहिले पनि अलग हुन नसक्ने धारणा ब्यक्त गरे । उनले बिर्तामोड–३ का मतदाताको हित विपरित कुनैपनि काम नगर्ने भन्दै आफ्नो वडालाई जिल्लाकै नमुना वडा बनाउन लाग्ने प्रतिबद्धता जनाए ।

इक्यान झापाका अध्यक्ष मिलन ओलीले कार्य योजना बनाएर अघि बढ्न आग्रह गर्दै नागरिकता सिफारिस, कार्यगत क्षेत्र तथा योजना, बेरोजगार महिला तथा पुरुषलाई ब्यवसायीक तालिम, बालबालिकाको क्षेत्रमा शिक्षा र स्वास्थ्यका कार्यक्रमहरुमा जोड दिन आग्रह गरे । उपस्थित सबैलाई इक्यान झापाका अतिरिक्त विभाग प्रमुख अनिल सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजकुमार कार्कीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here