बिर्तामोड,कात्तिक ४ । झापाको बिर्तामोडस्थित मित्रनगर टोलसुधार तथा व्यवस्थापन समितिले स्मारिका प्रकाशन गरेको छ ।
टोलसुधार समितिले स्मारिका प्रकाशन गरेको नेपालमै यो पहिलो भएको समितिको दावी छ । समितिले बुधबार बिर्तामोडको गरुवा बस स्टेण्मा सांगीतिक कार्यक्रम गरी स्मारिका विमोचन गर्ने भएको छ । साथै समितिले बुधबार बिहान ७ बजेबाट सरसफाई कार्यक्रमसमेत गर्ने मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएको छ । बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्तीले स्मारीकाको विमोचन गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । मित्रनगर टोल सुधार समितिमा हाल २५४ घर रहेको बताईएको छ । समितिका अध्यक्ष पदमबहादुर पुरीले टोलका एक अर्कामा मित्रता कायम भईरहोस् भन्ने उद्देश्यले अनि समितिलाई नमूनाका रुपमा अगाडि बढाउन यस्तो कार्यक्रमको आयोजना गरिएको बताए । स्मारिका प्रकाशनबाट बँचेको रकमले टोलको सुरक्षाका लागि साईरन खरीद गर्ने समितिको लक्ष्य छ ।