सवारी दुर्घटनामा कर्णाली साकोसका उपाध्यक्ष खरेलको मृत्यु, अध्यक्ष प्रधानसहित पाँच जना घाइते

0
468

बिर्तामोड।

कर्णाली बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी चढेको गाडी इलामको सूर्योदय नगरपालिकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी संस्थाका उपाध्यक्ष बिर्तामोड ३ निवासी ५७ वर्षिय इश्वरीप्रसाद खरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कर्णाली साकोसका पदाधिकारी चढेको प्रदेश १–०१–००१६–९१९३ नम्बरको स्कोरपियो बिर्तामोडबाट इलामको फिक्कलतर्फ जादै गर्दा सूर्योदय नगरपालिका ७ स्थित सुकेपोखरीनजिक बाटोभन्दा सय मिटर तल झरेको प्रहरीले बताएको छ ।

दुर्घटनामा परी उपाध्यक्ष खरेलको मृत्यु भएको छ भने सहकारीका अध्यक्ष बिर्तामोड ३ निवासी ७० वर्षिय टीएस प्रधान , कोषाध्यक्ष बिर्तामोड ८ निवासी ४५ वर्षिय एकराज विष्ट , सहकारीका सदस्य बिर्तामोड ५ निवासी ५० वर्षिय गणेश पराजुली, कर्मचारीहरु बिर्तामोड ४ का ५३ वर्षिय सन्तोष श्रेष्ठ र बिर्तामोड ४ का ४५ वर्षिय डिल्ली बस्नेत घाइते भएका छन् ।

घाइतेमध्ये चालक गणेश पराजुलीको अवस्था सामान्य रहेको छ भने अन्यको अबस्था मध्यम रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घाइतेहरुको बिर्तामोड स्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here