उर्लावारी नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा जनप्रतिनिधिहरु व्यस्त

0
377

पथरीशनिश्चरे,

मोरङको उर्लाबारी नगरपालिकाका नगर प्रमुख उप – प्रमुख तथा अन्य जनप्रतिनिधिहरू नगरको नीति, कार्यक्रम र बजेट निर्माणमा व्यस्त रहेका छन्।

केही दिनयता नगर प्रमुख गंगाराम खरेल, उप-प्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र अन्य कर्मचारी विभिन्न समूहसँग छुट्टाछुट्टै छलफलमा केन्द्रित देखिएका हुन् ।

अहिले उर्लाबारीका सबै वडाहरूका टोलटोलमा बजेट माग गर्ने छलफल चलिरहेको छ भने नगरमा समृद्ध नगर बनाउन के -कस्ता योजना ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ । बिहान ११ बजेदेखि छलफलमा जुटेका नगर प्रमुख खरेल, उपप्रमुख खतिवडा, प्रमुख प्रशासकीय अधिकृत अधिकारीलगायत साँझ ७ बजेसम्म छलफलमै केन्द्रित रहेका छन् ।

बिहान ११ बजेदेखि उर्लाबारीका संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, २ बजे बाल विकास सहजकर्ता र ४ बजे बुद्धिजीवीहरुसँग छलफल भएको हो । नगरपालिकाको सभाहलमा भएको छलफलमा सहभागीहरुले नीति, कार्यक्रम र बजेट बनाउने विषयमा छलफल कार्यक्रम राख्नु सुखद भएको बताउँदै सुझावहरु प्रस्तुत गरिएका छन् । तीन वटै छलफलमा आएका सुझावलाई समेटेर नीति, कार्यक्रम तथा बजेट बनाइने नगर प्रमुख खरेलले जानकारी दिनुभएको छ ।

‘समृद्ध नगर, सुखी उर्लाबारीका जनता बनाउने अभियानमा लागेका छौं’ नगर प्रमुख खरेलले अगाडि थप्नु भयो- ‘सबै पक्षको साथ र सहयोगले अभियान सफल हुनेमा विश्वस्त छौं ।’ नगर उपप्रमुख मीना खतिवडा पौडेलले सरोकारवालाको सुझावलाई समेटेर अघि बढ्ने बताएकी छिन् ।

प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सरोकारवालासँग छलफल कार्यक्रम राख्नुको औचित्यमाथि प्रकाश पार्दै सबैको अपनत्व हुने किसिमको बजेट निर्माणमा छलफलले सहयोग पुर्याउने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here