बाढीबाट पुलमा क्षति, यातायात अवरुद्ध

0
402

दमौली, 

मङ्गलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो ।

बाढीले पुलमा क्षति पु¥याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको स्थानीयवासी राजेश कार्कीले जानकारी दिनुभयो ।

बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका–५, ६, ७, १०, १२ र १३ का सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । उक्त पुलको पर्खाल मर्मतका लागि नगरप्रमुख आनन्दराज त्रिपाठीको ध्यानाकर्षण गराइएको छ ।

गत जेठ २२ गते पनि बाढीले पुलको केही भागमा क्षति पु¥याएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पुल मर्मत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here