ट्रकको टक्करबाट स्कुटर चालकको मृत्यु

0
327

मोरङ।

मोरङको बेलवारी नगरपालिका–४ बेतनामा मंगलवारराती ट्रकले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ५५४४ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको को २० प ७६ ४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाईते भएका स्कुटर चालक बेलवारी नगरपालिका–५ का २६ बर्षीय बिक्रम राईको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको हो ।

घटनामा संग्लग्न दुबै सवारी साधन र ट्रक चालकलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here