ब्राउनसुगर सहित दुई जना पक्राउ

0
456

झापा।

झापाको मेचीनगर नगरपालिका–१२ हापाडाँगीबाट लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले २४ बर्षीय सुरज मेचे र २२ बर्षीय जिवन सार्कीलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट प्रहरीले ८ ग्राम ५२ मिलिग्राम लागूऔषध ब्राउनसुगर, नगद ७३ हजार, १ थान मोवाइल र १ थान डिजिटल तराजु समेत बरामद गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here