क्यान्सर पिडित मुनाद्वारा सहयोगको याचना

0
692

बिर्तामोड ।

बिरामी अवस्थामा रहेकी मुना ।

देशको सेवा गर्न खटिएका श्रीमन बेपत्ता आफुपनि बिरामी भएर ओछ्यान परेको चार वर्ष भयो । अब यी नानीहरुको हेरचहार कस्ले गर्ला मलाई पनि झनझन गाह्रो बनाउँदै लगेको छ भन्दै गहभरी आँशु परिन झापाको अर्जुनधारा–११ स्थित नयाँ वस पार्कमा रहेकी मुनादेवी खड्काले ।

पाँचथरकी मुनाले २०५२ सालमा ओखलडुङ्गाको ज्यामिरेका मदनकुमार खड्कासंग विवाह गरिन् । उनीहरुका दुई छोरी र एक जना छोराको जन्म पनि भयो । तर, श्रीमान नेपाल प्रहरीमा जागिरे रहेकै बेलाबाट बेपत्ता भए । श्रीमान खोज्न उनी साना नानी च्यापेर भौतारिन् तर, हालसम्म आफ्नो श्रीमानको न त सास पाइन न त लास नै । श्रीमान मदन बेपत्ता भएपछि निरास बनेकी मुना सहारा खोज्दै दिदी कविता तिवारीमा शरणमा पुगिन् ।

घरपरिवारबाट समेत वास्ता नगरेपछि उनी नानीहरु लिएर झापा आएको बताउँछिन् । झापामा दैनिक रोजगारी गरेर जीविकोपार्जन गर्दै गर्दा उनलाई अचानक स्तन क्यान्सर भयो । जटिल शल्यक्रियापछि अलिक ठिक हुदैं गएको उनको रोग पुन: बल्झिएको छ । गत दशैंबाट निकै गाह्रो अवस्थामा पुगेकी मुना अहिले ओछ्यान परेकी हुन् । कम्मरमुनीको भाग नचल्ने अवस्थामा पुगेकी उनलाई स्याहार गर्न दुई जना छोराछोरी २४ सै घण्टा खटिने गरेका छन् ।

छोरा र छोरीको साथमा मुना ।

जेठी छोरीको विवाह भएको र कान्छी छोरी र कान्छो छोराको साथमा रहेकाले उनीहरु आलोपालो मिलाएर अध्ययन गर्न जाने र आमाको हेरचहारमा खटिने गरेका छन् । दिदी कविता भन्छिन्– ‘बहिनीको उपचार गर्दा गर्दै उसको भएको सबै सम्पत्ति सकियो, ज्वाईको अत्तोपत्तो छैन । घर परिवारले पनि बास्ता नगर्दा मैले मेरै घरमा राखेर उपचार गर्दैछु अब त मैले पनि सबैसंग सहयोगको याचना गर्नुपर्ने बेला भयो ।’

मुनाको उपचारमा हालसम्म करिब ५० लाखबढी खर्च भएको दिदी कविताले बताइन् । हालसम्म राज्य तर्फबाट कुनै सहयोग समेत नपाएकी मुनाले श्रीमान मदन बेपत्ता भएदेखि नै आफुले धेरै दुःख भोग्नुपरेको भन्दै अहिले रोगले च्यापेर झनै समस्या भएको भन्दै आफुलाई सहयोग गरिदिन सबैसंग आग्रह गरिन् । द्धन्द्धकालकै समयमा श्रीमान बेपत्ता भएपनि सरकारले परिवारलाई खोजि नगरेको तथा आफुलाई केही थाहा नभएपछि भौतारिदैं दिदीको शरणमा आएको मुनाले बताइन् ।

उनले आफुलाई सहयोग गर्न चहानेले बिर्तामोड स्थित प्रभु बैंकमा रहेको ०१२०१९१७१११०००१३ खाता नम्बरमा सहयोग गरिदिन आग्रह गरिन् । साथै उनले श्रीमान मदनको अवस्थाको विषयमा समेत खोजि गरिदिन अनुरोध गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here