नागरिक एफ एम चौथो वर्षमा

0
772

भद्रपुर, कात्तिक १९ ।   नागरिक एफ एम १०७.५ मेगाहर्ज आजबाट चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । २०६८ साल कार्तिक १९ गते लक्ष्मीपूजाको दिनवाट प्रसारण प्रारम्भ गरेको यो एफ एम आज वाट पाचौ वर्षमा प्रवेश गरेको हो ।
प्रारम्भमा सय वाट बाट सुरु भएको यो एफ.एम हाल ५ सय वाट क्षमतामा प्रसारण भइरहेको छ । झापामा संचालित यो एफ.एम ५०० वाट क्षमताबाट प्रसारण हुने पहिलो सामुदायिक रेडियो हो । विगतमा १७ घण्टा प्रसारण भइरहेको नागरिक एफ एम पाचौ वर्ष प्रवेशको अवसरमा मंसीर १ गते देखि विहान ४.५० देखि राति १० वजे सम्म प्रसारण गरिने एफ एमका प्रवन्ध निर्देशक चिन्तामणी दहालले जानकारी दिए ।
त्यसै गरी साँझ ६ वजेको नागरिक वुलेटिन अवोप्रान्त ५.३० वजे प्रसारण गरिने भएको छ । नागरिक एफ एमले विहान ५.३० र वेलुका पनि एक रुपताका लागि ५.३० वजे नै समाचार वुलेटीन प्रसारण गर्ने निर्णय साधारण सभाले गरेअनुरुप मंसिर १ गते वाट सो समय लागु गरिने दाहालले जानकारी दिए ।
नागरिक एफ एम ले हाल ९ वटा समाचार वुलेटीन र विभिन्न जातजाति र भाषाभाषाीलाई समेटेर कार्यक्रम संचालन गरिरहेको एफ एम का कार्यक्रम निर्देशक इश्वर अधिकारीले वताए । उनका अनुसार विहान ५.३० वजे नागरीक वुलेटीन, ६ वजे कायाकैरन,७.१५ मा विविसि विहानी पख र ९ वजे नेपाल खवर प्रसारण हुने गरेको छ ।
त्यसै गरी १२ र ३ वजे नेपालवाणी,अवाउप्रान्त वेलुकी ५.३० वजे नागरीक वुलेटीन,७.३० वजे साझा खवर र ८.४५ वजे विविसि नेपाली सेवाको साँझ पख प्रसारण भइरहेको पनि अधिकारीले जानकारी दिए ।
उनले राजवंशी सन्थाल,वंगाली ,मारवाडी भाषामा कार्यक्रम प्रसारण भइरहेको वताउँदै वालवालिका,युवा र महिला केन्द्रित कार्यक्रमहरुलाई प्राथमिकता दिएको पनि वताए ।  यस शुभअवसरमा नागरिक एफ.एम आफ्ना सम्पुर्ण श्रोता, शेयर सदस्य, शुभचिन्तक, विज्ञापन दाता, कर्मचारी, समाचारदाता सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here