सबैको मुहारमा समृद्धिको सपना (भिडियो सहित)

0
678

बह्रदशी गाउँपालिका – ७ का वडाध्यक्ष मित्रराज भट्टराई विकास प्रेमी युवा नेताका रुपमा परिचित छन् । नेपाली कांग्रेसको सक्रिय राजनीति गरिरहेका उनी नेपाली कांग्रेसकै तर्फबाट बाह्रदशी गाउँपालिकाको वडा नम्वर ७ मा दोस्रो पटकका लागि वडाध्यक्षमा निर्बाचित भए । २०७४ सालमा भएको स्थानीय तहको निर्बाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई भारि मतान्तरले पछि पर्दै वडाको नेतृत्व सम्हालेका भट्टराईले २०७९ सालमा भएको स्थानीय तहको निर्बाचनमा समेत एमालेलाई पाखा लगाई ।

भौगोलिक रुपमाले समेत अन्य वडाको तुलनामा बाह्रदशी ७ विकट मानिन्छ । वडालाई विरिङ नदीले दुई भागमा विभाजन गरेको छ । आफ्नै वडा आउन समेत वर्षाद्को समयमा यहाँका नागरिकलाई सास्ती हुने गरेको छ । वारी डाँगीवारी पारि डाडागाउँ बीचमा छ विरिङ नदी । वर्षाद्को समयमा विरिङ नदीमा उर्लिएको बाढी छिचोल्न सक्दैनन् डाँडागाउँवासीले । वडा कार्यालय आउने समेत छिमेकी पालिका(कनकाई नगरपालिका ) हुँदै आउनु पर्ने बाध्यता छ वारिङ पारिका नागरिकलाई । वडा कार्यालय चाँही डाँगीवारी वजार उत्तरमा पर्छ ।

यही भूगोलमा रहेर राजनीतिसंगै सेवामा सक्रिय छन् मित्रराज । राजनीतिसंगै सामाजिक सेवाका क्षेत्रमा छुट्टै छवि बनाएका भट्टराईले आफू जनप्रतिनिधिमा चुनिएसंगै विपन्न नागरिकको सारथि मात्रै बनेनन् वडाको मुहार नै फेरिदिए । गर्दा हुँदो रहेछ भन्ने उदाहरणका पात्र बनेका भट्टराई अहिलेपनि वडावासीको हितका लागि विहान सबेरैदेखि राति अबेरसम्म वडावासीकै दुःख र पीडामा केन्द्रीत रहेर विकास निर्माणका काममा समेत निरन्तर लागि पर्छन् । भट्टराईको एउटै मात्र सङ्कल्प छ – ‘अबका पाँँच वर्षमा बाह्रदशी ७ का वडावासीलाई आर्थिक रुपले सवल बनाउने ।’
भौगोलिक बिकटता, आदिवासी जनजाति तथा सिमान्तकृत नागरिकको अधिक बसोवास, सिमित बजेट त्यसमा पनि रहेक वर्ष वर्षाद्को समयमा सुसाउने विरङले गरिबी उन्मुलनका लागि भट्टराईलाई चुनौति छ नै । तथापि विगतका वर्षादेखि नै जनस्तरबाट पाएको साथ र सहयोगले उनको हिम्मत बढेको छ ।
जनताको तटवन्धसंग सहकार्य गर्दै विरिङ नदीमा झण्डै दुई अढाई किलोमिटर बाँध बाध्ने कार्यमा उनको भूमिका डाँगीवारीवासीले कदापि भुल्दैनन् । विरिङको कटानले वर्षेनि सयौ परिवार विस्थापित हुने पीडाबाट जोगाएका भट्टराई पछिल्लो समय विरिङ नदीमा झोलुङ्गे पुल निर्माणमा कस्सिएका छन् । विरिङ खोलामा झोलुङ्गे पुल निर्माणसंगै डाँगीवासीवासी र डाँडागाउँवासी बीचको आवागमन सहज हुने उनको विश्वास छ । जसका लागि अहिले उनी प्रदेशदेखि संघीय सरकारको ढोका ढक्टक्याई रहेछन् । जसका कारण यो वर्ष नै विरिङ खोलामा झोलुङ्गे पुल निर्माण गरिसक्ने उनको लक्ष्य छ ।


पूर्बाधारको विकाससंगै वडावासीको समग्र समस्या हल गर्ने चट्टानी अडान बोकेर अघि बढेका भट्टराईले यस अघि कृषकको जीवनस्तर सुधारका लागि किसानलाई माोटरदेखि कृषियन्त्र वितरण गर्दै खेतीपाती गर्न सहजता तुल्याएका छन् । उनले पशुपालक किसानका लागि चापकटर मेसिन उपलब्ध गराउदै दुध विक्री गर्ने किसानका लागि वजारको समेत सुनिश्चितता गरिदिए । साना किसाान सहकारी संस्थासंग साझेदारी गर्दै डाँगीवारीमा चिस्यान केन्द्र नै सञ्चालनमा ल्याए । जसका कारण किसानले उत्पादन गरेको दुध विक्रीका लागि सहज भएको छ ।
समग्र वडाको विकासका लागि छुट्टै विकासको मोडल बनाएर अघि बढेका भट्टराईले यस अघि नै चार ठूला कल्भर्ट निर्माण गरेका छन् । लकडीगद्धी पश्चिम सडक कालोपत्रे, वडा कार्यालयबाट डाँडीवारी वजार जाने सडक कालोपत्रे गर्दै आवागमनमा सहजता तुल्याएका छन् । डाँगीवारी वजारको स्तरोन्नति, गर्दै सिमलचौकमा छुट्टै व्यायमशाला निर्माणको तयारीमा जुटेका छन् वडाध्यक्ष भट्टराई । प्रत्येक टोल टोलमा विद्युत लाइनको फोरफेस विस्तार गरी खेत खेतमा विद्युत मिटर पु¥याएर सिँचाइका लागि सहज व्यवस्थापन गर्ने उनको लक्ष्य छ ।
क्यम्पादेखि सुरुङ्गा पुलसम्मको सडकको स्तरोन्नति, डाँडाागाउँदेखि सुरुङ्गा खोलासम्मको सडककाो स्तरोन्नति, लकडीगद्धी– नेवार गाउँसम्मको सडक उनकै पहलमा स्तरोन्नति भएका छन् । चेक्रावारीदेखि विरिङ खोलसम्म विद्युतलाइन फोर फेसको काम भएको छ सबै वडाको भूगोलमा पाँच वर्षे कार्यकालमा फोरफेस लाइन विस्तारा गर्दै विद्युत सेवाको सहज पहुँच पु¥यउने उनको लक्ष्य छ ।सिमलचौकमा साामुदायिक भवन निर्माण सम्पन्न गर्ने उनको अर्काे लक्ष्य छ । यस अघि उनले वडाका विपन्न परिवारको घर निर्माणादेखि ५३ घरलाई फुलको छाना हटाएर टिन लगाउने कार्य वडा कार्यालय मार्फत गरेका छन् भट्टराईले ।


विपद्को समयमा समेत सवैको सारथि बनेका भट्टराईले मरिमराउ हुँदा हरेक घरमा १० हजार रुपैयाँ सहयोग सहित समवेदन लिएर जाने गरेका छन् । यो कार्यक्रम वडामा निक्कै चर्चित छ । त्यस्तै ६० वर्ष माथिका एकल पुरुषलाई विदुर भत्ताको व्यवस्था गरेका छन् । यो कार्यक्रमले समेत उनको चर्चा चुलिएको छ ।
खेलकुद, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा समेत उनले रचनात्कम कार्य गर्दै जनस्तरमा प्रभावकारी भूमिका निर्वाह गरेका छन् । डाँडागाउँमा छुट्टै स्वास्थ्य कार्यालय निर्माण, पशुपति आधारभूत विद्यालयका मतदान केन्द्र निर्माण संगै डाडागाउँ वासीलाई थप सहज भएको छ ।


वडा कार्यालयकाो भवन निर्माणाधीन अवस्थामा रहेको छ । संघीय सरकारमाार्फत प्राप्त बजेटबाट वडाको भवन अहिले सिमलचौकमा निर्माणाधीन अवस्थामा रहेको छ । सो भवन निर्माण सम्पन्नसंगै कम्पाउण्ड वाल सहित गार्डेन, , फिल्टर जडित खानेपानीको व्यवस्था गर्ने लक्ष्य रहेको वडाध्यक्षा भट्टराईको भनाई छ ।
विपन्न नागरिको मुहारमा समृद्धिको सपना बोकेर गाउँ छिर्ने भट्टराईले अहिले वडा कार्यालय मार्फत गरिवी निवारणका थुप्रै कार्यक्रम ल्याएका छन् । समग्र वडाको विकासमा लागेका भट्टराईलाई विभिन्न सामाजिक संघ संस्था र सहयोगी हातहरुले समेत समय समयमा हौसला थप्ने गरेका छन् । सरल र मिजासिलो स्वभावका उनी सबैमाझ परिचित त छन् नै त्यसमाथि उनको कार्य कौशलताका कारण सबैमाझ प्रिय बनेका छन् । (कुराकानीमा आधारित )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here