मेसिनले हात काट्दा एक जनाको मृत्यु

0
370

मोरङ ।

मोरङको बिराटनगर महानगरपालिका–१७ स्थित रहेको रघुपति जुटमिलको मेसीनले हात काट्दा एक जना अप्रेटरको मृत्यु भएको छ ।

जुटमिलमा अप्रेटरको कामगर्ने मोरङ बिराटनगर–१४ का ४२ बर्षीय राजो कामतको मेसिनमा काम गरीरहेको अवस्थामा अचानक मेसिनले बायाँ हातको कुमबाटै काटि घाईते भएका थिए ।

घाईते कामतलाई तत्काल उपचारको लागी बिराटनर्सिङ होम बिराटनगर लगिएकोमा डाक्टरले चेकजाँचको क्रममा मृत घोषणा गरेको हो । घटना सम्वन्धमा ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here