पथरीशनिश्चरेमा जिल्ला बचत तथा ऋण सहकारी संघको दोश्रो साकोस गोष्ठी हुँदै

0
215

छविराज ढकाल/ पथरीशनिश्चरे,

जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. मोरङले आगामी १८ गतेदेखि दुई दिने दोस्रो साकोस गोष्ठीको आयोजना गर्ने भएको छ।

बुधबार पथरीशनिश्चरेस्थित जिल्ला सहकारी संघ लिमिटेड मोरङ्गद्वारा आयोजित एक पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। आगामी १८ र १९ गते सिन मिलेज पार्टी प्यालेस, पथरी शनिश्चरेमा जिल्ला सहकारी संघमा आवद्ध मोरङ जिल्लामा रहेका बचत तथा ॠण सहकारी संस्थाहरूलाई वित्तीय तथा गैर वित्तीय सेवाहरू प्रदान गर्ने अभिप्रायले आयोजना हुन गईरहेको जिल्ला सहकारी बचत तथा ऋण सहकारी संघका अध्यक्ष एकराज निरौलाले जानकारी दिनुभयो।

सम्मेलनमार्फत उक्त गोष्ठीको अवधारणा पत्र बमोजिम संघले यो गोष्ठी यस वर्ष अन्तरराष्ट्रिय सहकारी दिवस (जुलाइ महिनाको पहिलो शनिवार) को अवसर पारेर यहि २०७९ असार १८ र १९ मा दोस्रो गोष्ठी सम्पन्न हुन गईरहेको बताउनुभयो।

उक्त गोष्ठीमा जिल्ला भरीका संघका सदस्य संस्था लगायत अन्य सहकारी संस्थाहरूलाई पनि सहभागिताको अवसर दिइएको जनाउँदै यस गोष्ठीबाट सहकारी अभियानलाई अरू उन्नत र व्यवस्थित रूपमा अगाडि बढाउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आशा राखिएको बताइएको थियो ।

सोहि अवसरमा आगामी शुक्रबार र शनिबार हुने उक्त गोष्ठीमा विभिन्न विद्वानका विभिन्न ५ वटा कार्यपत्रहरू प्रस्तुत हुनका साथै सो कार्यपत्र माथि विषयविज्ञहरूले टिप्पणी गर्नुहुने जिल्ला अध्यक्ष एकराज निरौलाले हस्ताक्षर गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, गोष्ठीको दोस्रो दिन १९ गते पहिलो शत्रमा स्थानिय निर्वाचन २०७९ बाट निर्वाचित जिल्ला समन्वय समिती मोरङका प्रमुख ,उपप्रमुख , लगायत १७ वटै पालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरूलाई सम्मान गर्ने कार्यक्रम रहेकोछ । गोष्ठीको प्रतिफल स्वरूप साझा अवधारणा तयार गरि गोष्ठी समापन हुने पनि उहाँले बताउनुभयो।

जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष विना राईको अध्यक्षतामा सम्पन्न भएको सो सम्मेलनमा कोषाध्यक्ष जीवन बस्नेत, सहकारी कर्मचारी संगठन पथरीशनिश्चरे नगरका अध्यक्ष गणेश वाच्छना राई समेतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here