फस्टायो भक्का व्यापार

0
1161

[बिनोद सापकोटा ]
दुधे , कात्तिक २१ । पूर्वका बजारमा यतिवेला भक्काको व्यापार निकै फस्टाएको छ । पुर्व पस्चिम राजमार्ग संग जोडिएका झापामा दर्जनौ बजारमा भक्काको व्यापार फस्टाएको हो । ठुला बजारमा मात्र होईन गाँउका बजारमा पनि भक्काका व्यापारीले ग्राहक संगै बजार पनि पाएका छन । राजमार्ग मा जोडिएका केहि बजारमा त भक्का खान लाइननै बस्नुपर्ने स्थानिय बासीले बताएका छन ।
झापाको दमक देखि पुर्वका बजार पाडाँजुगी , केर्खा , धरमपुर , झिलझिले , दुधे , माईधार , सुरुङ्गा , बिर्तामोड , चाराली , धुलावारी , काकडभिट्टा का बजारमा बिहान भक्काको व्यापारमा ग्राहाकको भिड लाग्ने गरेको छ । यस्तै ग्रामीण बजारमा पनि यो व्यापार फस्टाएको शिवगञ्जका राम तिम्सीनाले बताएका छन । बिहानको समयमा क्याम्पस र प्लस टु अध्ययन गर्ने बिद्यार्थी यसका मुख्य ग्राहक हुदै आउने गरेका छन । हलुका नास्ताको रुपमा भक्काको उपभोग हुने गरेको सतासीधाम बहुमुखी क्याम्पसकी छात्रा स्वरस्वति भण्डारीले बताईन ।
चामल , कनिका लाई पिसेर बनाईएको पिठो बाट भक्का पकाउने गरीन्छ । भाडामा पकाइएको पानिको बाफ बाट पिठो पाकेपछि भक्का बन्छ । झापाको दमकमा भक्काको व्यापार गर्दे आएकी ला ठाकुरले जाडो को मौषममा भक्का को व्यापार हुने गरेको बताईन । थोरै लगानिमा पनि एक दिनको बिहान र बेलुका दुईपटक बजारमा भक्का बनाएर बेच्दा १ हजार देखि १५ सय सम्म नाफा हुने उनले बताईन । त्यस्तै २ —३ सय लगानि गर्यो हजार बाह्र सय त नाफा भईहाल्छ । पिरो धनियाँको अचार वा चट्नी भक्काको साथी हुने गरेको छ । ठाकुरले भनिन् ५ वटा सम्म एउटै ग्राहकले खाईदिन्छ । बिहानको जाडोमा सीयु सियु गर्दे आउने यातायात मजदुर पनि भक्काका भरपर्दा ग्राहक हुन । उनले भनिन् गाडि को चिसोले कठ्याग्रीएको उनिहरुको सरीर लाई पिरो स्वादको अचार र तातो भक्काले छिन भरमै तताउछ ।
पाँच रुपैया गोटा पर्ने भक्का सस्तो मात्र होईन भोकाएको पेट भर्न हलुका नास्ता पनि हो । झापाको झिलझिलेमा भक्का खादै गरेकी सतासीधामकी पवित्रा कार्कीले भनिन छिटो र हिड्दै पनि खान मिल्ने भएकाले सजिलो नास्ताको रुपमा भक्का उपभोग हुदै आएको हो । यसका व्यापारी लाई पनि जुठा भाडा वर्तन मस्काएर माझ्नु पर्ने झन्झट हुदैन । कागजको टुक्रा नै भक्काको प्लेटको रुपमा प्रयोग हुने गरेको छ । जाडोको सिजनमा मात्र बजारका चौक बजारमा पाईने भक्का गर्मी या सुख्खा मौषममा पाईदैन । यसका व्यापारीले पनि गर्मीको मौषममा व्यापार परीवर्तन गर्ने गरेका छन । भक्का बेचेको पैसा घरायसी कार्यमा खर्च हुने गरेको व्यापारीले बताए । उनिहरुले छोरा छोरीको पढाई र घर व्यवहारमा भक्का व्यापारको पैसा खर्चिने गरेका छन ।
बजारमा खाद्य बस्तुको मुल्य बढे सँगै भक्काको पनि मुल्य बढेको हो । एक दसक अघि सम्मा चाराना अर्थात २५ पैसामा पाउने भक्का अहिले ५ रुपैयाँ पर्ने गरेको छ । झापाका अधिकाँस बजारका भक्का पसलमा तराई मुलका महिलाको बाहुल्यता हुने गरेको छ । असोज देखि चैत्र बैसाख सम्म भक्काको खुव व्यापार हुने गरेको स्थानीय बजारबासीले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here