डा. भगवानको टोली बिर्तामोडमा मुटु जाँच्दै

0
417

बिर्तामोड, कात्तिक २२ । मुटु रोगबाट प्रभावित झापावासीको स्वास्थ्यलाई मध्यनजर गरी बरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला लगायतको चिकित्सक टोलीले आज शनिबार झापाको बिर्तामोडमा निःशुल्क मुटु रोगको परीक्षण गरिरहेको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड र मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौंको संयुक्त आयोजनामा बिर्तामोडस्थित पूर्ण–टुंग विर्ता सिटी हस्पिटलमा बिहान ८ बजेबाट मुटु परीक्षण सुरुभएको होे ।
रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटीको अध्यक्षतामा भएको शिविरको प्रमुख अतिथि प्रा.डा. कोइरालाले उद्घाटनको घोषणा गर्दै मुटुरोगीलाई स्थानीय क्षेत्रमै गएर सेवा दिन आफूसहितको टोली झापा आएको बताउनुभयो ।
रेडक्रस सोसाइटी झापाका सभापति तथा केन्द्रीय सदस्य लोकराज ढकालले मन्तब्य राख्नुभएको समारोहमा स्वागत पूर्ण–टुंग विर्ता सिटी हस्पिटलका अध्यक्ष गोपालकुमार बस्नेत र कार्यक्रमको सञ्चालन रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका उपसचिव एकराज गिरीले गर्नुभएको थियो ।
शिविरमा मुटु परीक्षण गराउनेको भीड अत्यधिक रहेकोले आज नाम दर्ता भएका बिरामीको आज राति ११ बजे सम्म र भोलि बिहान १० बजे सम्म लगाएर भएपनि सेवा दिने चिकित्सक टोलीले जनाएको छ । शिविरको समन्वय नेपाल रेडक्रस सोसाइटी झापाले गरेको हो । शिविरमा डा.भगवानसहित काठमाडौबाट आएको टोली तथा  पूर्ण–टुंग विर्ता सिटी हस्पिटलका मेडिकल डाइरेक्टर डा अनिल बस्नेत लगायतले सेवा दिइरहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here