तरुणदलमा तामाङ्को उम्मेद्वारी घोषणा

0
364

बिर्तामोड, कात्तिक २२ ।   नेपाल तरुण झापाको आसन्न अधिबेशनका लागि  झापा मेचीनगर नगरपालिका स्थित काँकरभिट्टाका गोपाल तामाङले  सभापति पदमा आफ्नो  उम्मेद्वारी घोषणा गरेका छन् ।
आज झापाको बिर्तामोड स्थित पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै उनले आफ्नो प्यानल सहित सभापति पदमा उम्मेद्वारी घोषणा गरेका हुन् ।  तरुणलाई चलायमान बनाउँदै सबै तरुणलाई एक ठाउँमा उभ्याएर नेपाली काँग्रेसलाई बलियो र शसक्त बनाउन आफूले सभाति पदमा उम्देवारी घोषणा गरेको उद्घोष गरे ।
उनीसंगै उपसभातिका लागि राजकुमार न्यौपाने, सचिवमा अनिल ढुङ्गाना, कोषाध्यक्षमा काजी चौहान, केन्द्रीय पार्षदमा भूमिराज राई  महिला केन्द्रीय पार्षदमा शन्ध्यादेवी भण्डारी, महिला केन्द्रीय प्रतिनिधि शारदा पोख्रेल, दुर्गा राजवंशीले समेत उम्मेद्वारी घोषणा गरेका छन् ।
त्यसैगरी केन्द्रीय प्रतिनिधिमा  फूर्वा लामा, महमद थारु मिया र विनोद पाँचकोटीले समेत उम्मेद्वारी घोषणा गरेका छन् ।
यस अघि तरुणदलको सभापति पदका लागि नै वालाजीत राईले समेत आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
१२ वर्षपछि हुन लागेको तरुण दलको अधिवेशन आगामी कात्तिक २४ र २५ गते हुँदैछ । झापामा ४ सय ७६ मतदाता रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here