पथरीशनिश्चरेमा ३ दिने बालबालिकाको क्षमता विकास तालिम

0
412

पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरभित्रका बालबालिकाको क्षमता विकास तथा बाल अधिकार सचेतनामुलक ३ दिने तालिम संचालन भएको छ।

गत १६ गतेदेखि सुरु भएको उक्त तालिममा बाल अधिकार, निर्णय लेखन तथा उद्घोषण सम्वन्धि प्रशिक्षण प्रदान गरिएको हो। नेपाल जेसीजकी पुर्व राष्ट्रिय उपाध्यक्ष तथा विभिन्न विधाको राष्ट्रिय प्रशिक्षक,नेपाल तालिम प्रतिष्ठान अध्यक्ष मजरी घिमिरे तथा पथरी बहुमुखी क्याम्पसका उपप्राध्यापक ऋषिराज धिमालले सहजीकरण गर्नुभएको छ।

नगरका १० वटै वडा बाल क्लव,नगर बाल क्लव तथा जुन तारा बाल क्लवका सहित कूल ६० जना बालबालिकाहरूले भाग लिएको उक्त कार्यक्रम पथरीशनिश्चरे नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन भएको जुनतारा बाल क्लबका संरक्षक समेत रहेका कार्यक्रम संयोजक बलराम तिम्सिनाले जनकारी दिनुभयो।

उक्त तालिमको आयोजना सुनाखरी मावि पथरीशनिश्चरे -१ को जुनतारा बाल क्लबले आयोजना गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here