कमलमा सामाजिक सञ्जालको प्रयोग र सञ्चार सम्बन्धि सचेतनामुलक कार्यक्रम

0
333

दमक ।

झापाको कमलमा सञ्चार सम्बन्धि आधारभूत ज्ञानसंगै सामाजिक सञ्जाल प्रयोग सम्बन्धि दुई दिने सचेतनामुलक कार्यक्रम बिहिबारदेखि शुरु भएको छ ।

गाउँपालिकाको सहयोगमा भरयागं मिडिया प्रालिले सञ्चालन गरेको सो अभिमुखीकरण तथा सचेतनामुलक कार्यक्रममा पहिलो दिन पत्रकार महासंघ झापा शाखाका सचिव समेत रहेका प्रशिक्षक डिकेश लामा, पत्रकार चिरञ्जीवी घिमिरे र बिष्णु पौडेलले सहजीकरण गरेका छन् । दुई दिने सो कार्यक्रममा भोली (शुक्रबार) इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिलिप गिरीले सहजीकरण गर्ने जनाइएको छ । प्रविधिको बिकासका कारण बढेको साइबर अपराध र न्यूनिकरणका बिषयमा गिरीले सहजीकरण गर्ने जनाइएको छ ।

केर्खास्थित सहिद धर्मभक्त माविमा सञ्चालन भइरहेको सो प्रशिक्षणमुलक कार्यक्रममा कमल गाउँपालिका अन्तर्गतका बिद्यालयमा मावि तहमा अध्ययनरत ३५ जना बिद्यार्थीहरु सहभागी छन । कार्यक्रमको उदघाटन सत्रमा कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले अहिलेको सूचना र प्रविधिको युगले मानिसहरुको जीवनशैलीलाई परिवर्तन गरिदिएको बताए ।

उनले सामाजिक सञ्जालको बढदो प्रयोग , सूचना र सञ्चारका बिकाससंगै जानी नजानी यसको दुरुपयोग समेत बढेका कारण यस किसिमका सचेतनामूलक कार्यक्रमहरु उपयोगी हुुने विश्वास व्यक्त गरे । वडा नं ३ का वडाध्यक्ष अग्नी कोइरालाले विज्ञान र प्रविधिको युगले अवसरहरुसंगै विभिन्न चुनौतीहरु पनि निम्त्याएको कारण फरक महत्व राख्ने यस्ता कार्यक्रमहरुको आवश्यकता र औचित्य बढेको बताए ।

उनले प्रशिक्षणमा लिएको ज्ञानलाई व्यवहारमा उतार्न पनि सहभागीहरुलाई आग्रह गरे । त्यसैगरी कार्यक्रमका विशेष अतिथी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्यप्रसाद न्यौपानेले समाजमा बढदो अपराध न्यूनिकरणमा यस्ता फरक महत्व राख्ने सचेतनामुलक कार्यक्रमले योगदान दिने विश्वास व्यक्त गरे । कार्यक्रममा सहिद धर्मभक्त माविका प्रधानाध्यापक काजीमान पौडेलको पनि उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here