लौह पुरुष (आइरन म्यान) भनेर चिनिएका गणेशमान सिंहको जन्म शतवार्षिकी प्रारम्भ हुादैछ । गणेशमान सिंह स्मृति प्रतिष्ठानको आयोजनामा शुरु भएको शत वार्षिकी कार्यक्रम वर्ष भरी नै देशव्यापी रुपमा सञ्चालन गरिने थाह भएको छ । अहिलेको राजनीतिमा देखिएको अस्थिरता र मुलुक संविधानविहीन अवस्थामा रहेको समयमा लौह पुरुषको स्मरण गरिनु र उनका व्यक्तित्व र कृतित्वका विविध पक्षका सम्बन्धमा छलफल, विचार–विमर्स र अन्तरक्रिया हुनु अत्यन्तै सान्दर्भिक मानिएको छ ।
नेपालको राजनीतिमा गणेशमान सिंहको योगदान सदैव अतुलनीय छ । दरवारका काजीका छोरा भएर जन्म ग्रहण गरेका सिंहले राणा शासन विरुद्धमा गरेका संघर्षका कथाहरु रोमाञ्चक मात्र नभएर प्रेरणादायी पनि छन् । नयाा पुस्ताका युवाका लागि गणेशमान सिंहका प्रेरक विचार र व्यवहारलाई नेपाली कााग्रेसको वर्तमान नेतृत्व पक्षले जनसमक्ष पुर्याउन नसकिरहेको अहिलेको अवस्थामा प्रतिष्ठानद्वारा घोषित कार्यक्रमहरुमा युवाशक्तिलाई जतिसक्दो बढी सहभागिता गराउन सकिन्छ, त्यतिनै सकारात्मक प्रभाव राख्ने छ ।
प्रजातान्त्रिक समाजवादका प्रणेता वीपी कोइरालाका संघर्ष र आदर्शका सहयात्री भएर गणेशमान सिंहले आजीवन संघर्ष गरिरहे । पहिलो जनआन्दोलनको सफलतापछि स्थापित प्रजातान्त्रिक नेपालको नेतृत्व गर्न राजा बीरेन्द्रले आग्रह गर्दा उनले आफू भन्दा कृष्णप्रसाद भट्टराईले त्यो जिम्मेवारी बढी सुझवुझका साथ निर्वाह गर्न सक्ने बताउादै प्रधानमन्त्री जस्तो पदपनि जिम्मा लगाउनु उनको निस्वार्थीपनाको उदाहरण हो । निडर, निर्भिक र परेको समयमा ठोस् निर्णय गर्न सक्ने खुवी भएकैले उनलाई लौह पुरुष भनेर नेपालीजनताले मानेका हुन् । उनको आदर्शमा हिंड्न शतवार्षिकी कार्यक्रमहरुले सद्प्रेरणा प्रदान गरोस् भन्ने कामना सहित बीर गणेशमानको जन्म शतवार्षिकीको प्रारम्भको अवसरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं ।