नेटोले पहिलोपटक चीनलाई आफ्नो रणनीतिक प्राथमिकताको रूपमा राख्यो

0
229

काठमाण्डौं ।

उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो)ले पहिलोपटक चीनलाई आफ्नो रणनीतिक प्राथमिकताको रूपमा सूचीबद्ध गरेको छ । बेइजिङको महत्त्वाकांक्षा र यसको ‘बाध्यकारी नीतिहरू’ले पश्चिमी क्षेत्रको हित, सुरक्षा र मूल्यहरूलाई चुनौती दिएको नेटोको ठहर छ ।

बुधबार स्पेनमा भएको नेटोका नेताहरूको शिखर सम्मेलनमा आगामी दशकका लागि प्राथमिकताहरू तय गरेको गठबन्धनको नयाँ खाका वा रणनीतिक अवधारणा स्वीकृत भएको थियो ।

उक्त डकुमेन्टले रुसप्रति कडा भाषा प्रयोग गर्दै यसले गठबन्धनको शान्ति र सुरक्षाको लागि ‘सबैभन्दा महत्त्वपूर्ण र प्रत्यक्ष खतरा’ भनेर वर्णन गरेको छ । तर, बेइजिङको सैन्य महत्त्वाकांक्षा, ताइवानप्रतिको यसको टकराव र मस्कोसँगको बढ्दो घनिष्ठ सम्बन्धले प्रणालीगत चुनौतीहरू खडा गरेको उल्लेख गरेको छ ।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले पत्रकारहरूलाई भने, “चीनले परमाणु हतियारसहित आफ्नो सैन्य बलहरू पर्याप्त रूपमा निर्माण गरिरहेको छ । आफ्ना छिमेकीहरूलाई धम्क्याइरहेको छ, ताइवानलाई तसाईरहेको छ । यसैगरी, उन्नत प्रविधिको माध्यमबाट आफ्नै नागरिकहरूको निगरानी र नियन्त्रण गर्दै छ । रुसी भ्रामक सूचनाहरू फैलाएको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here