कमलमा सामाजिक सञ्जाल र सञ्चार सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

0
224

दमक,

झापाको कमल गाउँपालिकामा सञ्चार सम्बन्धि आधारभूत ज्ञानसंगै सामाजिक सञ्जाल प्रयोग सम्बन्धि दुई दिने सचेतनामुलक कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

गाउँपालिकाको सहयोगमा भरयागं मिडिया प्रालिले सञ्चालन गरेको सो अभिमुखीकरण तथा सचेतनामुलक कार्यक्रममा बढदो साइबर अपराध न्यूनिकरणका लागि समुदायस्तरमै कार्यक्रम सञ्चालन गरिनु आवश्यक भएको औंल्याइएको छ ।

दुई दिने सो कार्यक्रममा प्रहरी नायव निरिक्षक सुवास मिश्र, नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव समेत रहेका प्रशिक्षक डिकेश लामा, पत्रकार चिरञ्जीवी घिमिरेले सहजिकरण गरेका कार्यक्रम व्यवस्थापक विष्णु पौडेलले जानकारी दिए ।

सो कार्यक्रमको समापन कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्यप्रसाद न्यौपाने, केर्खा प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायव निरिक्षक सुबास मिश्र, सहिद धर्मभक्त मावि केर्खाका व्यवस्थापन समिति अध्यक्ष लेखनाथ खतिवडा, प्रधानाध्यापक काजीमान पौडेल, नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समिति सदस्य विष्णु सुब्बा, प्रदेश परिषद सदस्य उमाकान्त भण्डारी लगायतका आतिथ्य रहेको थियो ।

केर्खास्थित सहिद धर्मभक्त माविमा सञ्चालन भएको सो प्रशिक्षणमुलक कार्यक्रमको उदघाटन कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले गरेका थिए । कार्यक्रममा गाउँपालिका अन्तर्गतका बिद्यालयमा मावि तहमा अध्ययनरत ३५ जना बिद्यार्थीहरु सहभागी थिए ।

कमल गाउँपालिका वडा नं ३ का वडाध्यक्ष अग्नी कोइरालाले विज्ञान र प्रविधिको युगले अवसरहरुसंगै विभिन्न चुनौतीहरु पनि निम्त्याएको कारण फरक महत्व राख्ने यस्ता कार्यक्रमहरुको आवश्यकता र औचित्य बढेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here