इ. महेन्द्र पराजुली
पार्टीको जग भनेका भातृ संस्थाहरु हुन् । पार्टी भनेको त साध्य मात्रै हो साधन भनेका त भातृसंस्थाहरु नै हुन् । पार्टीको बल भनेका पनि भातृसंस्था नै हुन् । भातृसंस्था निस्कृय भएमा पार्टीले नयाा सोचका साथ छलाङ मार्न सक्दैन । धेरै उकाली–ओराली, आरोह–अवरोह पार गर्दै विद्यार्थी संघ–संगठनहरु आफ्नो पहिचान बनाउन सफल भएका हुन् । नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा, गौरवशाली इतिहास लेख्न सफल भएका नेपाल विद्यार्थी संघ र अनेरास्ववियूले खेलेको भूमिका प्रशंसनीय छ । परिर्वतनका संवाहक विद्यार्थीहरुको भूमिका अह्म छ । साना–तिना देखि ठूला–ठूला हरेक प्रजातान्त्रिक आन्दोलनहरुमा आाधीबेहरी ल्याएर नेपाल विद्यार्थी संघ र अनेरास्ववियूले अग्रीम मोर्चामा रही आफ्नो क्षमताको प्रदर्शन गर्दै इतिहास रची युवा विद्यार्थीहरुको ढुकढुकी बनेका छन् । चाहे त्यो २०३६ को विद्यार्थी आन्दोलन होस् वा २०४६ र २०६२/२०६३को जनआन्दोलनहरूमा विद्यार्थीहरुको भूमिका निर्णायक रहेको छ ।
विद्यार्थी जीवनबाट राजनीतिक यात्रा शुरु गरी नेतृत्वदायी भूमिका समेत निर्वाह गरेका चर्चित युवा तथा तरुण नेताहहरु अहिले पार्टीको उच्च निकाय, संसदमा समेतछन् । विद्यार्थी संघ–संगठनलाई हााकेका देशले आस भरोसा गरेका विद्यार्थी नेताहरुले नगर, जिल्लादेखि केन्द्रसम्ममा स्थान पाएका छन् । पार्टी र सरकारमा युवाहरूको उपस्थिति राम्रै छ । युवाहरुको भूमिका बढ्दै गइरहेको छ । युवाहरुबाट केही आशा गर्ने अवस्था छ ।
नेपाल विद्यार्थी संघ तथा अनेरास्ववियूका जुझारू युवा तथा तरुणहरुलाई एनेकपा माओवादीको वाईसीएल जस्तै विभिन्न अवाञ्छित गतिविधिमा मुछिएका समाचारहरु सुनिनु दु:खद हो । पृथक पहिचान बोकेका नेपाल विद्यार्थी संघ तथा अनेरास्ववियुका युवा विद्यार्थी तरुणहरुलाई यो शोभनिय होइन । आफ्नो पहिचान र शाखलाई गिर्न दिनु हुादैन । भविश्य बोकेका युवाहरुले राजनितीलाई धन कमाउने भााडो र ओहदा प्राप्तिको सिडीामात्र बनाउनु हुादैन । उच्च मनोआकांक्षा नराखी आफ्नो पेशाप्रति प्रतिवद्ध भएर निष्ठा तथा इमान्दारीताका साथ विना आग्रह पुर्वाग्रह कार्य गर्न सक्नुपर्दछ । सामूहिक भावनाबाट कार्य गर्ने संस्कृतिको विकास गर्न सक्नुपर्दछ । नेतृत्वले वाईसाइक्लिङ पर्सनालिटी देखाउनु हुादैन । प्रतिकुल परिस्थितिलाई पनि अनुकुल परिस्थितिमा परिवर्तन गर्ने क्षमता राख्न सक्नुपर्दछ ।
विद्यार्थी संघ–संगठनहरु आफ्ना क्षेत्रगत मुद्दामा भन्दा पनि राजनीतिक मुद्दाहरुमा अग्रसर हुादै गइरहेको देखिन्छ । शैक्षिक जागरणका विषयमा भन्दा, राजनीतिक जागरणलाई चासोको विषयबस्तु बनाई धेरै समय त्यतातिर खर्चिरहेका छन् । विद्यार्थीहरुका हक–हितका मुद्दा ओझेलमा पर्दै गइरहेका छन् । कुल राष्ट्रिय बजेटको ठूलो हिस्सा शिक्षामा लगानी भएता पनि लगानीको अनुपातमा प्रतिफल न्यून छ, यसतर्फ संघ–संगठनहरुको ध्यान आकर्षित भएको देखिदैन । आजका बालबालिका भोलिको सुन्दर संरचनाका निर्माताको गुणस्तरीय शिक्षा, स्वास्थ्य, अतिरिक्त क्रियाकलाप र अभिभावकहरुले भोग्नुपरेका पीडाहरुका सम्बन्धमा विद्यार्थी संघसङ्गठनहरुले किन बुझ पचाएको ? विद्यार्थी संघ–संगठनहरुपनि आम विद्यार्थीहरुमाझ साझा थलो बन्न सकेनन् । विद्यार्थीहरुका साझा मुद्दाहरुमा हातेमालो गर्दै एक अर्कामा हार्दिकता देखाउन सकेनन् संघ–सङ्गठनरुले ।
भातृ संस्थाहरुमा नेतृत्व भागबण्डाको आधार र टिके प्रथाबाट आउनु हुादैन । कार्यकर्ताको कसिमा खरो उत्रिएर, गुट–उपगुटहरुलाई चिर्दै, सम्पूर्ण विद्यार्थीहरुको साझा उम्मेद्वार बनि सक्षम नेतृत्वको प्रदर्शन गर्दै, व्यक्तिगत तथा समूहगत स्वार्थ, आग्रह पूर्वाग्रहदेखि माथि उठेर प्रजातन्त्रिक विधि र पद्धतिबाट अनुमोदित भएर आउन सक्नु पर्दछ । भविष्य युवाहरुकै हो । भातृसंस्थाहरुले अव पुरानो ढााचा र ढर्राबाट हैन नयाा– सोच र दृष्टिकोणका साथ अगाडिको बाटो तय गर्न सक्नुपर्दछ । संघ–संगठनलाई नयाा उचाईमा पुर्याउन इमान्दार भएर निष्ठाको राजनिति गर्दै आफ्नो औचित्यको पुष्टि गर्नु नै विद्यार्थी संघ–संगठनहरुको अग्रगमनको बाटो हो ।
महाधिवेशनको दैलैमा आइपुग्दा नेपाल विद्यार्थी संघको महाधिवेशन स्थगित गर्नु सुखद् समाचार होइन । पटक–पटक महाधिवेशनको मिति तोक्नु, अनि स्थगित गर्नुलाई पार्टी तथा नेपाल विद्यार्थी संघको नेतृत्वको असक्षमता होइन भनेर कसरी नभन्ने ? यो नाटक कहिले सम्म मञ्चन गर्ने । महाधिवेशनको विषयमा चारैतिरबाट आलोचना भैरहेको छ । दोष जति एक–अर्कालाई थोपरेर माउ पाटी तथा नेपाल विद्यार्थी संघले उन्मुक्ति पाउादैनन् । भातृसंस्थाहरुलाई कहिलेसम्म तदर्थवादमा चलाउने ? तदर्थवादमा चलाउनु भनेको संस्थाहरुलाई अरू कमजोर बनाउनु हो । भातृ संस्थाहरूले पार्टीको लाचार छायाा मात्र नबनी विना बहानावाजी रोडम्यापसहित महाधिवेशन सम्पन्न गर्न सक्नु पर्दछ ।
(लेखक शहीद श्रीप्रसाद पराजुलीको पुत्र हुन ।)