पथरीशनिश्चरे नगरभित्र स्वास्थ्य गतिविधिको अनुगमन

0
370

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगर मातहत सञ्चालन रहेका स्वास्थ्य गतिविधिको अनुगमन कार्य भएको छ ।

नगर प्रमुख मोहनप्रसाद तुम्वापो सहितको टोलीले नगरभित्रका विभिन्न स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरूमा अनुगमन गरेको हो।

अनुगमन टोलीमा उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा अधिकृत पिताम्बर वस्ती, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितले साविक हसन्दह र शनिश्चरे स्वास्थ्य चौकी तथा त्यस मातहतका आधारभूत स्वास्थ्य सेवा केन्द्रका गतिविधिको अनुगमन गरिएको थियो ।

बाल पोषण, पूर्ण खोप सुनिश्चितता, सुत्केरीको घरभेट कार्यक्रम सहितका स्वास्थ्य गतिविधिको प्रगतिका बारेमा समेत जानकारी लिइ समीक्षात्मक छलफल समेत गरिएको उप-प्रमुख देवीमाया काफ्लेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here