एक्सेलको सोह्रौ वार्षिक सभा

0
352

बिर्तामोड।

एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको सोह्रौ वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ ।

सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा भएको वार्षिक साधारण सभाले आ.व.२०७७/०७८को वितरण योग्य सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी रु. १ अर्ब १५ करोड १७ लाख ९२ हजारको ८.५० प्रतिशतका दरले बोनस शेयर र उक्त बोनश शेयर वापतको कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैठकले बैंकको कार्यक्षेत्र प्रदेश नं. १का सवै जिल्लाहरुमा विस्तार गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पाँचथरका विभिन्न ४४ स्थानमा आफ्ना शाखा कार्यालयहरुमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

चालू आवमा प्रदेश नं. १ भर आफ्नो कारोवार सञ्चालन गर्ने उद्देश्यका साथ आवश्यक न्यूनतम् चुक्ता पुुँजी पूरा गरिसकेको हुनाले नियामक निकायको स्वीकृति लिई कार्यक्षेत्र विस्तार गर्दै नयाँ शाखाहरु बिस्तार गर्ने लक्ष्य रहेको बताइएको छ ।

सञ्चालक समितिका अध्यक्ष गोयलले उद्घाटन गरेको सभामा स्वागत मन्तव्य सञ्चालक राजन शर्माले राखेका थिए । सञ्चालक पर्शुराम दाहालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।

उक्त सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेलले बैंकका वर्तमान गतिविधिहरुको वारेमा प्रकाश पारेका थिए । संस्थापक शेयरधनीहरु डा. रुपक खनाल र सुरेशकुमार अग्रवाल साथै बैंकका पूर्वअध्यक्ष हेमराज ढकालले बैंकको उन्नति तथा प्रगतिका लागि शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here