जिल्ला मालपोत कार्यालय सुनसरीद्वारा जग्गा बदर

0
498

imagesg

इटहरी,  कात्तिक ३०  । विसं २०४६ पछि खोला किनारको जग्गा दर्ता गरी भोगचलन गर्दै आएको बकलौरी गाउँ विकास समितिको कित्ता नम्बर ५ ख का दुई बिगाहा १६ कट्ठा जमिनको दर्ता खारेज भएपछि १६ घरपरिवार सुकुम्बासी बनेका छन् ।

जिल्ला मालपोत कार्यालय सुनसरीले असोज २९ गते जग्गा दर्ता बदरको निर्णय गर्दै साविक नम्बर ३१९ रहेको पर्शुराम रेग्मीको नाममा दर्ता गरिएका ११ धुर, ३३१ कित्ता नम्बर रहेको दावा छेतेन शेर्पाको १० धुर, ३३० नम्बर कित्ताको बिन्दुदेवी ढकालको नाममा रहेको एक कट्ठा जमिनको दर्ता बदर भएको सार्वजनिक सूचनामा उल्लिखित छ ।

यसैगरी, साविक कित्ता नम्बर ३२८ नम्बरको हिरामाया श्रेष्ठको नाममा दर्ता भएको ११ धुर, ३१६ कित्ता नम्बरको पार्वती राजधामीको नाममा दर्ता रहेको १५ कट्ठा, ३२१ नम्बर कित्ता रहेको आनन्दखर राईको नाममा दर्ता रहेको एक कट्ठा पाँच धुर जग्गा पनि बदरको सूचीमा परेको छ ।

त्यस्तै, साविक कित्ता नम्बर ३२० हिरामाया श्रेष्ठको नाममा दर्ता कायम रहेको तीन कट्ठा तीन धुर, ३२२ कित्ता नम्बरमा रहेको हेमप्रसाद राईको नाममा दर्ता रहेको १५ धुर, ३२३ कित्ता नम्बरमा सिताकुमारी राईको नाममा दर्ता रहेको नौ धुर तथा ३१९ कित्ता नम्बरमा तत्वकृष्ण श्रेष्ठको नाममा दर्ता कायम रहेको एक कट्ठा १४ धुर जमिनको पनि मालपोत कार्यालयले दर्ता खारेज गरेको छ ।

जिल्ला मालपोत कार्यालय सुनसरीले साविक नम्बर ३१८ कित्ता नम्बरमा श्रीमती गङ्गा श्रेष्ठको नाममा दर्ता कायम रहेको दुई कट्ठा, ३२६ कित्ता नम्बरमा हिरामाया श्रेष्ठको नाममा दर्ता रहेको एक कट्ठा १६ धुर, ३२७ कित्ता नम्बरको श्रीमती गङ्गा श्रेष्ठको नाममा दर्ता रहेको एक कट्ठा तथा ३७५ कित्ता नम्बरको तुलावती धामीको नाममा दर्ता रहेको १० धुरको पनि दर्ता खारेज भएको छ ।

त्यस्तै, ३७८ कित्ता नम्बरमा विशमाया प्रधानको नाममा दर्ता रहेको तीन कट्ठा नौ धुर र ६७७ कित्ता नम्बरको एकराज प्रधानको नाममा दर्ता रहेको १० धुर जमिनको पान जिल्ला मालपोत कार्यालयले दर्ता खारेज गर्दै नेपाल सरकारको नाममा गएकाले कसैलाई पनि भोगचलन नगर्न भनेको छ ।

अदालतबाट जग्गाको स्वामित्व बदर गरेर त्यो जमिनको बँझ्याइ सरकारी स्वामित्वमा दर्ता कायम गर्नु भन्ने आदेशको पालना गर्दै जिल्ला मालपोत कार्यालयले बकलौरी गाउँ विकास समितिलाई सम्बन्धित जग्गा धनीलाई जानकारी गराउन पनि भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here