बिर्तामोडमा अल फेशन स्टोर्स सञ्चालनमा

0
477

बिर्तामोड ।

झापाको बिर्तामोड–५ मा अल फेशन स्टोर्स सञ्चालनमा आएको छ । बिर्तामोडस्थित कृष्ण हल रोडमा सञ्चालनमा आएको अल फेशन स्टोर्समा महिलाहरुका सम्पूर्ण सामाग्री उपलब्ध हुने सञ्चालक एलिना रिजाल ढकालले जानकारी दिएकी छिन् ।

स्टोर्सको शनिवार (आज) बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, उपाध्यक्ष राजु न्यौपाने, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी र बीरता लेडी जेसीजकी अध्यक्ष संगिता चिमरियाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

अल फेशनमा महिलाहरुका ब्याग, जुत्ता, चप्पल साथै सम्पूर्ण कपडाका सामाग्रीहरु पाइने सञ्चालक ढकालले बताएकी छिन् । उनले विश्वका जुनसुकै मुलुकमा पाइने महिलाहरुका ब्याग, जुत्ता, चप्पल र कपडा अल फेशन स्टोर्समा उपलब्ध हुने बताइन् ।

अतिथिहरुले ब्यवसाय सफलताको शुभकामना दिएका थिए । उद्घाटन कार्यक्रममा सञ्चालकहरु सावित्रा ढकाल, सृजन ढकाललगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here