मेची सामुदायिक सिकाइ केन्द्रको नयाँ नेतृत्व चयन , अध्यक्षमा नेपाल सर्वसम्मत

0
478

कमल ।

कमल गाउँपालिका वडा न. ३ स्थित मेची सामुदायिक सिकाइ केन्द्रको चौथो साधारणसभाले मातृका प्रसाद नेपालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

पूर्वकै प्रसिद्ध पर्यटकीयस्थल इलामको माई नगरपालिका वडा न. २, चेप्टी स्थित हयाप्पी ड्रिम्समा शनिवार सम्पन्न सिकाई केन्द्रको साधारणसभाले नेपालसहित चार सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । निर्वाचित कार्यसमितिका सदस्यहरुमा शरणकुमार पराजुली, दुर्गाप्रसाद नेपाल र विष्णु बेघालाई चयन गरेको हो । केन्द्रको विधानअनुसार नव निर्वाचित कार्यसमितिको बैठकले पदेन सदस्य तथा मनोनीत सदस्यहरू थप गरी समितिलाई पूर्णता दिने छ ।

सिकाइ केन्द्रलाई याहाँ सम्म ल्याउनमा योगदान पुर्याउनुहुने प्रति धन्यवाद दिदै आगामी दिनमा गाउँपालिका भरिको शिक्षक्षेत्रको विकासकालागी सिकाई केन्द्रका नवनिर्वाचित समिलेले कामगर्न सकोस भन्ने शुभकामना दिदै त्यसकालागी गाउँपालिकाको तर्फ बाट आवश्यक सहयोग गर्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।

सिकाइ केन्द्रका अध्यक्ष गौरीमान फागोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथी गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी ३ नम्वर वडाका वडाअध्यक्ष अग्निप्रसाद कोइराला, कमल गाउँपालिकाका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपाने लगायतले साधारणसभाको सफताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

साधारणसभाको बन्दसत्रमा सिकाइ केन्द्रका सचिव मातृकाप्रसाद नेपालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदनलाई साधारण सभाले सर्वसम्मतिबाट पारित गरेको थियो ।

संस्थाको नयाँ नेतृत्व चयनका लागी शिक्षा शाखा प्रमुख श्री सूर्यप्रसाद न्यौपानेको संयोजकत्वमा उमानाथ भण्डारी तथा हिमप्रसाद दाहाल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here