पौडी खेल्ने क्रममा बेपत्ता खरेल मृत फेला

0
326

उमानाथ भण्डारी,
कमल ।

पौडी खेल्ले क्रममा हिजो देखी बेपत्ता खरेलको आज विहान मृत फेला परेका छन् ।

कमल गाउँपालिका १ स्थित ढ्याग्री खोलामा मंगलबार पौडी खेल्ले क्रममा कमल गाउँपालिका १ का उज्जल खरेल बेपत्ता हुनुभएको थियो ।

पौडी खेल्ले क्रममा खोला बेपत्ता हुनुभएका खरेललाई स्थानियले उद्धार गर्न नसके पछि प्रहरी लाई खवर गरेका थिए । शसस्त्र प्रहरी बल ईटहरी सुनसरी बाट आएको गोताखोरको टोलिले आज विहान सवा ८ बजे पानी तललो सतहमा मृत अवस्थामा फेला पारेको शसस्त्र प्रहरी वल २ नम्वर गण झापाले जनाएको छ ।

१७ वर्षिय खरेल मंगलवार आफ्ना सथिहरु सग कमल गाउँपालिका १ र बैगुनधुराको सिमानामा पर्ने ढ्याग्री खोलामा पौडी खेल्ले क्रममा डुवेर बेपत्ता हुनुभएको थियो । खरेलले यसै वर्ष बैगुनधुरा ईग्लिस स्कुल बाट एसईई पास गर्नु भएको थियो ।

खरेलको सबलाई शव परिक्षणकालागी दमक अस्पताल पठाएको कमल गाउँपालिका वडा १ का वडा अध्यक्ष केदार कटुवालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here