माओवादी केन्द्रलाई जनतामुखी कार्यक्रम ल्याउन कार्यकर्ताहरूको सुझाव

0
355

पथरीशनिश्चरे,

माओवादी केन्द्रका कार्यकर्ताहरुले अब पार्टी जनताको काम र संगठन सुदृढीकरणमा लाग्नुपर्ने औंल्याएका छन् ।

मोरङको पथरीशनिश्चरेस्थित पथरी बहुमुखी क्याम्पसमा भएको निर्वाचन क्षेत्र नं. ३ (क)को प्रशिक्षणमा कार्यकर्ताहरुले पार्टी संगठन सुदृढीकरणसँगै जनताको काममा लाग्ने कार्यक्रम ल्याउन सुझाव दिएका हुन् ।

पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको उक्त कार्यक्रममा कार्यकर्ताहरूले अविलम्ब जनताको मन जित्ने कार्यक्रमहरु ल्याउनुपर्ने सुझाएका थिए । सोहि कार्यक्रममा दुई पालिकाका कार्यकर्ताहरुले खराब आचरण भएका नेता- कार्यकर्ताहरुलाई कारबाही गर्नुपर्ने पनि माग गरेका थिए।

मोरङ्ग निर्वाचन क्षेत्र नं ३(क)को निर्वाचन संयोजक रञ्जु कटुवालको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय समिति सदस्य गीता तिम्सिना, प्रदेश सदस्य लालबहादुर सुश्लिङ मगर लगायतको उपस्थिति रहेको कार्यक्रममा प्रदेश समिति उपाध्यक्ष पृथ्वी राईले प्रदेश पार्टीको योजना तथा कार्यक्रमबारे बताएका थिए ।

कार्यक्रममा पथरीशनिश्चरेका कृष्ण बस्नेत, अमर बराइली, मदन पोख्रेल, मान दियाली, अशोक नाल्बो, कानेपोखरीका दिपेश राई लगायतले सुझाव राखेका थिए । पार्टीको निर्वाचन क्षेत्र नं. ३ (क)को संयोजक बिजय चेम्जोङले सञ्चालन गरेको कार्यक्रममा पथरीशनिश्चरे नगर समितिको अध्यक्ष गोबिन्द कटुवाल र कानेपोखरीको उपाध्यक्ष हरी मैनालीले रिपोर्टिङ गरेका थिए ।

करिव ६० जना कार्यकर्ता उपस्थित रहेको कार्यक्रममा संगठन बलियो बनाउदै पार्टी नेता कार्यकर्ताहरु जन सरोकारको बिकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्य लगायतमा लाग्नुपर्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here