पेलोसीको भ्रमणअघि ताइवान सीमाक्षेत्रमा अमेरिकी युद्धपोत तैनाथ

0
378

एजेन्सी,

अमेरिकी संसद्‍की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको तयारी भइरहँदा अमेरिकाले ताइवानको पूर्वी सीमा क्षेत्रमा युद्धपोतहरू तैनाथ गरेको छ ।

चीनको चेतावनीका बावजुद अमेरिकाले पेलोसीको सम्भावित भ्रमणअघि चारवटा युद्धपोतहरू तैनाथ गरेको हो । पेलोसीको ताइवान भ्रमणबारे औपचारिक घोषणा नभए पनि मंगलबार ताइपेइमा अवतरण गर्ने समाचार सार्वजनिक भएका छन् ।

ताइवानी मिडियाले पनि पेलोसी मंगलबार ताइपेइमा अवतरण गर्ने जनाएका छन् । साथै उनी बुधबार ताइवानको संसद भवन पुग्ने बताइएको छ । यद्यपि ताइवान सरकारले पनि पेलोसीको भ्रमणबारे औपचारिक जानकारी दिएको छैन ।

चीन र अमेरिकाबीच विवादका बीच पेलोसीको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । पेलोसीको सम्भावित भ्रमणलाई लिएर चीनले अमेरिकालाई बारम्बार चेतावनी दिएको छ भने अमेरिकी अधिकारीहरूले पेलोसीले ताइवान भ्रमण गर्न पाउने उनको अधिकार भएको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here