विराटनगरबाट ६१ किलोग्राम गाँजा बरामद

0
260

मोरङ।

मोरङ बिराटनगर महानगरपालिका १४ स्थित भित्री सडक खण्डबाट सिटी सफारीमा लोड गरी लैजादै गरेको अवस्थामा ६१ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीलाई देख्न साथ को २ ह ४६१० नम्बरको सिटी र बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा छोडेर सिटी चालक फरार भएका छन् ।

फरार रहेका सिटी चालकको खोजतलास भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here