शाओमीको रेड्मी १० ए स्मार्टफोन नेपाली बजारमा

0
393

झापा।

शाओमीले रेड्मी १० ए स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।

रेड्मी १० एको ठुलो ६.५३ एचडी पलस डिस्प्ले रहेको छ । यसमा भएको थ्रीडी–कर्भड ब्याक र फिङ्गरप्रिन्ट सेन्सरले रहेको कम्पनीले जनाएको छ । यसमा रहेको १३ एमपी मेन क्यामेरा र २ एमपी डेप्थ क्यामेरा सेन्सरले प्रयोगकर्ताहरूलाई सोचे जस्तै फोटो खिच्न मद्दत गर्ने बताइएको छ ।

रेड्मी १० ए मा पावर अपको लागि मिडिया टेक हेलिवो जी २५ प्रोसेसर जडित छ । जुन २.० जीएचजेठ सम्मको क्षमता रहेको अक्टा–कोर सीपीयू हो । यसमा पाँच हजार एमएच ब्याट्री छ । यो स्मार्टफोन १० डब्लुको चार्जिङ अडाप्टरको साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

रेड्मी १० ए बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरी तीन रङहरूमा उपलब्ध छ । यो फोन २ जीबी +३२ जीबीको मूल्य १३ हजार ९९९ र ३ जीबी+६४ जीबीको मूल्य १५ हजार ९९९ रहेको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने– ‘टेक्नोलोजीको सन्दर्भमा शाओमीले आफ्नो सीमा फराकिलो पार्दै आइरहेको छ । त्यसै अनुसार हामीले क्यामेरा, उच्च रिजोलुसन डिस्प्ले, उच्च कार्य सम्पादन र पावर–प्याक ब्याट्रीको रेड्मी १० ए बजारमा ल्याएका छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here